२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा

कैलालीमा २४ घण्टे कर्फ्यु, बाँके र वीरगञ्जमा कर्फ्यु घट्यो

कैलालीमा २४ घण्टे  कर्फ्यु, बाँके र वीरगञ्जमा  कर्फ्यु  घट्यो
अ अ+ अ-

काठमाडौं भदौ १९ । संघीयताको सिमाङ्कनको विषयमा असन्तुष्ट पक्षकोे शनिवार पनि आन्दोलन जारी राखे ।
स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कतै कर्फ्युको समय बढाएको छ भने कतै निधेषाज्ञा जारी गरेको छ ।
कैलालीको टिकापुरमा शनिवारदेखि फेरि चौबीसै घण्टा कफ्र्यू आदेश जारी भएको छ । धनगढीमा भने दिउँसो १२ बजेबाट ४ बजेसम्म मात्र  कर्फ्यु लगाइएको छ । टीकापुरमा शुक्रबार भने विहान ७ बजेदेखि ११ बजेसम्म कफ्र्यू खोलिएको थियो । दुबै ठाउँमा निषेधाज्ञा भने कायमै छ । कैलालीको बन्द ३३ दिन पुगेको छ भने कफ्र्यू लगाइएको १३ दिन भएको छ । त्यस्तै टिकापुरमा निषेधाज्ञा जारी गरिएको १५ दिन पुगेको छ ।
यसैबीच, ढुंगा प्रहारबाट मोटर साइकल यात्रीको निधन भएपछि बाँके जिल्ला प्रशासनले नेपालगन्जमा लगाएको निषेधाज्ञा जारी छ । गएराति ९ बजेदेखि प्रशासनले नेपालगन्ज उप–महानगरपालिकाका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरेको हो । उप–महानगरपालिकाको राँझा चोकदेखि दक्षिण जमुनाहासम्म, पूर्वमा फुल्टेक्रादेखि पश्चिममा नन्दनी मिलसम्म निषेधाज्ञा लगाइएको हो ।
वीरगन्जमा भने विहान ९ बजेदेखि २ बजेसम्मका लागि  कर्फ्यु खुला गरिएको छ । स्थानीय प्रशासनले सर्वसाधारणको दैनिकी सहज बनाउन भन्दै ९ देखि २ बजेसम्मका लागि कफ्र्यु हटाइएको जनाएको छ । यसअघि १२ बजेसम्म मात्र कफ्र्यु हटाइने भनिएको थियो । तर प्रहरीको गोली लागि सोमबार मृत्यु भएकाहरुका परिवारजन र प्रशासनबीच भएको वार्ता सहमतिमा पुगेपछि थप दुई घण्टाका लागि  कर्फ्यु हटाउने निर्णय भएको हो ।
सोमबार प्रहरीले चलाएको गोली लागि मृत्यु भएका पाँचै जनाको आज सामूहिक अन्त्येष्टि गरिएको छ । उनीहरुको शवयात्रासहित सामूहिक अन्त्येष्टि गरिएको हो ।

पूर्व बन्द भने फिर्ता

संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको अनिश्चितकालीन पूर्व बन्द भने फिर्ता भएको छ । बन्द घोषणा गरेको दोस्रो दिन शनिवार झापाको विर्तामोडमा नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, संघीय लिम्बुवान पार्टी र नेपाल पत्रकार महासंघ झापाबीचको वार्ता सहमतिमा टुंगिएपछि बन्द फिर्ता भएको हो । सहमतिसँगै स्थानीय प्रशासनले बन्दका क्रममा पक्राउ परेका लिम्बुवान पार्टीका पाँच जना कार्यकर्ता रिहा गरेको छ । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै संघीय लिम्वुवान पार्टी नेपालले हिजोबाट पूर्वका ९ जिल्ला बन्द आह्वान गर्दै आएको थियो । बन्द फिर्ता लिएसँगै पाँचथर, इलाम, ताप्लेजुङ, झापा, ते¥हथुम, धनकुटा, संखुवासभा, भोजपुरलगायत जिल्लाको जनजीवन सामान्य बनेको छ ।