३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा २४ घण्टे कर्फ्यु, बाँके र वीरगञ्जमा कर्फ्यु घट्यो



अ+ अ-

काठमाडौं भदौ १९ । संघीयताको सिमाङ्कनको विषयमा असन्तुष्ट पक्षकोे शनिवार पनि आन्दोलन जारी राखे ।
स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कतै कर्फ्युको समय बढाएको छ भने कतै निधेषाज्ञा जारी गरेको छ ।
कैलालीको टिकापुरमा शनिवारदेखि फेरि चौबीसै घण्टा कफ्र्यू आदेश जारी भएको छ । धनगढीमा भने दिउँसो १२ बजेबाट ४ बजेसम्म मात्र  कर्फ्यु लगाइएको छ । टीकापुरमा शुक्रबार भने विहान ७ बजेदेखि ११ बजेसम्म कफ्र्यू खोलिएको थियो । दुबै ठाउँमा निषेधाज्ञा भने कायमै छ । कैलालीको बन्द ३३ दिन पुगेको छ भने कफ्र्यू लगाइएको १३ दिन भएको छ । त्यस्तै टिकापुरमा निषेधाज्ञा जारी गरिएको १५ दिन पुगेको छ ।
यसैबीच, ढुंगा प्रहारबाट मोटर साइकल यात्रीको निधन भएपछि बाँके जिल्ला प्रशासनले नेपालगन्जमा लगाएको निषेधाज्ञा जारी छ । गएराति ९ बजेदेखि प्रशासनले नेपालगन्ज उप–महानगरपालिकाका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरेको हो । उप–महानगरपालिकाको राँझा चोकदेखि दक्षिण जमुनाहासम्म, पूर्वमा फुल्टेक्रादेखि पश्चिममा नन्दनी मिलसम्म निषेधाज्ञा लगाइएको हो ।
वीरगन्जमा भने विहान ९ बजेदेखि २ बजेसम्मका लागि  कर्फ्यु खुला गरिएको छ । स्थानीय प्रशासनले सर्वसाधारणको दैनिकी सहज बनाउन भन्दै ९ देखि २ बजेसम्मका लागि कफ्र्यु हटाइएको जनाएको छ । यसअघि १२ बजेसम्म मात्र कफ्र्यु हटाइने भनिएको थियो । तर प्रहरीको गोली लागि सोमबार मृत्यु भएकाहरुका परिवारजन र प्रशासनबीच भएको वार्ता सहमतिमा पुगेपछि थप दुई घण्टाका लागि  कर्फ्यु हटाउने निर्णय भएको हो ।
सोमबार प्रहरीले चलाएको गोली लागि मृत्यु भएका पाँचै जनाको आज सामूहिक अन्त्येष्टि गरिएको छ । उनीहरुको शवयात्रासहित सामूहिक अन्त्येष्टि गरिएको हो ।

पूर्व बन्द भने फिर्ता

संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको अनिश्चितकालीन पूर्व बन्द भने फिर्ता भएको छ । बन्द घोषणा गरेको दोस्रो दिन शनिवार झापाको विर्तामोडमा नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, संघीय लिम्बुवान पार्टी र नेपाल पत्रकार महासंघ झापाबीचको वार्ता सहमतिमा टुंगिएपछि बन्द फिर्ता भएको हो । सहमतिसँगै स्थानीय प्रशासनले बन्दका क्रममा पक्राउ परेका लिम्बुवान पार्टीका पाँच जना कार्यकर्ता रिहा गरेको छ । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै संघीय लिम्वुवान पार्टी नेपालले हिजोबाट पूर्वका ९ जिल्ला बन्द आह्वान गर्दै आएको थियो । बन्द फिर्ता लिएसँगै पाँचथर, इलाम, ताप्लेजुङ, झापा, ते¥हथुम, धनकुटा, संखुवासभा, भोजपुरलगायत जिल्लाको जनजीवन सामान्य बनेको छ ।