• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ–रोहित ★   कमजोर कुटनीति-क्षमता नभएका व्यक्ति हावी: परराष्ट्रविद् आचार्य ★   हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान ★   लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फेरि धक्का, वेस्टहामसँग अंक बाँड्यो ★   बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान ★   दिल्लीले मुम्बईलाई २५८ रनको लक्ष्य दियो ★   इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो, ५७ प्रतिशत मत खस्यो ★   आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता ★   पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै काठमाडौंमा सरकारबिरुद्ध प्रदर्शन ★   घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध

तराईका चरा संकटमा



काठमाडौं, भदौ २० । खेतबारीमा विषादीको बढ्दो प्रयोग र चोरी सिकारीका कारण तराईमा पाइने चरा संकटमा परेको पाइएको छ । सिमसार तथा घाँसे भूमिको कमी र जनसंख्या वृद्धिका कारण कोलाहलपूर्ण वातावरणले तराईमा पाइने धेरै जातका चरा संकटमा परेको एक प्रतिवेदनले देखाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पक्षी संरक्षण संघले संकलन गरी सर्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा हाल एक सय ४९ प्रजातिका चराचुरुंगी संकटापन्न सूचीमा परेको खबर आइतबारको नयाँ पत्रिकामा समाचार छ ।
बासस्थान विनाशकै कारण ८४ प्रतिशत अर्थात् एक सय २८ प्रजातिका चरा संकटापन्न भएको पक्षी संरक्षण संघले जनाएको छ । बाँकी चरा विषादीको प्रयोग र चोरी सिकारीका कारण संकटमा परेको हिमालय नेचरका अध्यक्ष तथा वरिष्ठ चराविद् डा. हेमसागर बरालको भनाइ छ । उनले तराईपछि पहाड र हिमाली क्षेत्रमा पाइने चरा पनि संकटापन्न अवस्थामा रहेको बताए ।
नेपाल पक्षी संरक्षण संघका अनुसार नेपालमा कुल आठ सय ७१ प्रजातिका चरा पाइन्छ । त्यसमध्ये ६ सय ५० प्रजातिका चरा सधैँ नेपालमै बस्ने गर्दछन् । एक सय ५० प्रजातिका चरा हिउँदे र ६५ प्रजातिका चरा गर्मीमा बसाइसराइँ गरी नेपाल आउने आगन्तुक चरा हुन् ।
चराहरूको अस्तित्व संकटमा पर्नुको मुख्य कारण ‘डाइक्लोफेनिन औषधिको प्रयोग, बालीनालीमा विषादीको बढ्दो प्रयोग र वन विनाश नै मुख्य कारण भएको संघले जनाएको छ ।