१५ आश्विन २०८१, मंगलवार
,
Latest
बाढीपहिरामा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु पूर्वबाट फेरि मौसम बदली सुरु होटल एभरेस्ट र बसेरालाई तीन-तीन लाख जरिवाना दशैँको लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव न्यायपालिकाको हुर्मत लिन वार एशोसिएसन संस्थागत रुपमा उद्यत रह्यो: पूर्वन्यायधीश ईश्वर खतिवडा विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानिक छैन, अन्तरनिकाय समन्वयको पनि अभाव देखियो: डाक्टर अधिकारी एमाले सचिवालय बैठक जारी सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिको काम शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा



अ+ अ-

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति भिल्लारियललाई २–० ले हराएर अन्तिम १६ को यात्रा तय गरेको छ । व्यवस्थापक ओल गन सोल्सार बर्खास्तीमा परेको दुई दिनपछि म्यानचेस्टरले यो जित निकालेको हो ।

युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक/एक गोल गरे । जितपछि निमित्त प्रशिक्षक माइकल क्यारिकले यो सफलतालाई सोल्सारप्रति नै समर्पित गरे । युनाइटेडले प्रिमियर लिगमा लगातार हार व्यहोरेपछि सोल्सारलाई टिमको मुख्य प्रशिक्षकबाट बर्खास्त गरिएको थियो ।

यसैगरी, अर्को खेलमा इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले युभेन्ट्सलाई ४–० ले हरायो । यस्तै बायर्न म्युनिखले डायनामो किभलाई २–१, लिलले साल्सबर्गलाई २–१ र सेभियाले उल्भ्सबर्गलाई २–० हरायो । यस्तै बार्सिलोना र बेनफिकाबीचको खेल गोलरहित बराबरी समाप्त भयो । योङ ब्वाइज र एटलान्टाबीचको खेल पनि ३–३ को बराबरीमा टुंगियो ।