२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा

आन्दोलन चर्काउन मधेसी नेताले भारतसँग मागे गुहार

आन्दोलन चर्काउन मधेसी नेताले भारतसँग मागे गुहार
अ अ+ अ-

काठमाडौं, भदौ २२ । मधेस केन्द्रित दलका नेताहरुले मधेस आन्दोलन चर्काउन भारतीयहरुसँग गुहार मागेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका दोस्रो तहका नेताहरुले सोमबार रक्सौल पुगेर आन्दोलन चर्काउन भारतीयसँग गुहार मागेका हुन् ।

फाइल फोटो

आन्दोलनका क्रममा वीरगन्जमा प्रहरीको गोलीबाट मारिएका पाँच जनाको शोकमा सीमावर्ती रक्सौलमा सोमबार आयोजित श्रद्धान्जलीसभामा मधेसी मोर्चाका नेताहरुले नेपाल सरकारले सेना र प्रहरीको आडमा आन्दोलन दबाउने हर्कत गरेको भन्दै आन्दोलनमा सहयोग गरिदिन आग्रह गरेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

सदभावना पार्टीका अध्यक्ष लक्ष्मणलाल कर्णले नेपाल सरकारले मधेसीलाई अधिकार दिन नचाहेकाले मधेसमा आन्दोलन चर्काउन सहयोग पुर्‍याउन भारतीयलाई आग्रह गरे ।

सङ्घीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले नेपाल र भारतबीच ‘रोटीबेटी’को सम्बन्ध भएकाले मधेसको आन्दोलनमा भारतीयले सहयोग गर्नुपर्ने बताए ।

‘हामीले मधेसबन्द गराएका छौं’–अध्यक्ष यादवले भने–‘तपाईंहरुले रक्सौलबाट पेट्रोलियम र अन्य आवश्यक वस्तुको आपूर्तिमा रोक लगाइदिनुहोस् ।’

मधेसीले अधिकार माग्दा सरकारले सेना परिचालन गरेर दमन गरेको भन्दै उनले आन्दोलनमा अब भारतको सहयोग आवश्यक रहेको जिकिर गरे ।

मधेस ठप्प पारी आन्दोलनमा उत्रिँदा पनि सरकारले सेना परिचालन गरी आपूर्ति सहज बनाइरहेकाले रक्सौलबासीले त्यसको विरोध गर्नुपर्ने उनको भनाइ थियो ।

श्रद्धान्जली सभामा तमलोपाका पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा, सदभावना पार्टीका केन्द्रीय सदस्य निजामुदिन समानी, तराई मधेस सदभावना पार्टीका प्रेमचन्द कुशवाहा लगायतकाले मधेस आन्दोलन सफल बनाउन भारतीयको सहयोग अब अपरिहार्य भएको बताए ।

सभामा रक्सौलका समाजसेवी एवं प्रोफेसर डा. अनिल सिन्हाले मधेस आन्दोलन सफल बनाउन आफूहरुले तन, मन र धनले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले मधेसीसँग आफूहरुको रगतको सम्बन्ध रहेको भन्दै मधेसीले अधिकार पाएमा मात्र आफूहरुको पनि अधिकार सुनिश्चित हुने बताए । उनले नेपाल सरकारले पाँच दिनभित्र मधेसीको माग सम्बोधन नगरे भारतबाट नेपालतर्फ हुने माल–सामानको आपूर्ति ठप्प पार्ने उद्घोष गरे ।

सत्तारुढ भारतीय जना पार्टीका सांसद र नेताहरुसँग मधेस आन्दोलनबारे आफूहरुको कुरा भइरहेको भन्दै उनले भने–‘यदि बिजेपीले मधेस आन्दोलनमा सहयोग गरेन भने रक्सौलका जनता बिजेपीविरुद्ध सडक आन्दोलनमा उत्रिन्छन् ।’

श्रद्धान्जली सभामा सहभागी रक्सौलका व्यपारी, बुद्धिजीवी र स्थानीयले मधेस आन्दोलनमा वीरगन्जमा मारिएका पाँच मृतकका परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् । संकलित रकम उनीहरुले मोर्चाका नेताहरुलाई हस्तान्तरण गरे ।