२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्रको ४० इन्स्पेक्टरका लागि लिइएको परीक्षामा २५ जना मात्र पास



अ+ अ-

काठमाडौं, भदौ २२ । सशस्त्र प्रहरी बलले ४० जना इन्स्पेक्टरका लागि परीक्षा लिएकोमा २५ जना मात्र उत्तीर्ण भएका छन् ।

लोकसेवा आयोगद्वारा सञ्चालित लिखित परीक्षामा खुलातर्फ १९ जना तथा महिलातर्फ एकजना, आदिवासीरजनजातितर्फ चारजना र पिछडिएको क्षेत्रतर्फ एकजना उत्तीर्ण भएका छन् ।

पदपूर्तिका लागि खुलातर्फ २२, महिलातर्फ तीन, आदिवासीरजनजातितर्फ ६, मधेसीतर्फ पाँच, दलिततर्फ तीन र पिछडिएको क्षेत्रतर्फ एकजना आवश्यक संख्याका लागि गत वर्ष ०७१ साल भदौ १५ गते खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको थियो ।

लिखित परीक्षा उत्तीर्ण हुनेहरूमा किशोर डाँगी, वसन्त आचार्य, मौसम पोखरेल, रविन ढुंगेल, गणेश खनाल, सुजन रानाभाट, सन्तोषप्रसाद देवकोटा, रविन खकुराल छन् ।

यसैगरी, प्रदीप थापा, विजयकुमार महर्जन, रामकुमार लामिछाने, तेजबहादुर बोहरा, गंगाबहादुर कार्की, सन्तोष थापा र सन्तोष थापा नै नाम गरेका अर्का परीक्षार्थीसमेत लिखित परीक्षामा उत्तीर्ण भएका समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

त्यस्तै, गणेश खनियाँ, सञ्जय केसी, सम्झना देउजा, रामकुमार केसी, बुद्ध श्रेष्ठ, विमल बानियाँ, प्रेमकुमार राई, सचिन प्रधान, अभिषेक थापा र धर्मानन्द जोशी पनि उत्तीर्ण भएका छन् ।

खुला प्रतियोगितामा कुल पाँच सय तीनजनाले दरखास्त दिएका थिए । यसअघि सशस्त्र प्रहरी बलमा ४० जना सशस्त्र प्रहरी निरीक्षक पदका लागि ०६९ साल फागुन २३ गते खुला प्रतियोगिताद्वारा दरखास्त आह्वान गरिएकोमा २४ जना मात्रै उत्तीर्ण भएका थिए । त्यसवेला कुल नौ सय ३५ जनाले दरखास्त दिएका थिए ।




भर्खरै