२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा बालमृत्युदर संसारमै बढी



अ+ अ-

नयाँ दिल्ली, भदौ २३ । भारतमा संसारकै सबैभन्दा बढी बालमृत्युदर रहेको पाइएको छ । युनिसेफले हालै सार्वजनिक गरेको एक तथ्याङ्कले सो अवस्था देखाएको हो ।

सन् २०१५ मा मात्र भारतमा करिब १५ लाख बालबालिकाको ज्यान गएको सार्वजनिक गरिएको प्रतिवेदनमा खुलाइएको छ ।

यो सङ्ख्या विश्वको बालमृत्युदरको करिब २० प्रतिशत नै हो– सो प्रतिवेदनमा भनिएको छ । पाँच वर्षमुनिका बालबालिकामध्ये भारतमा प्रति मिनेट करिब एकजनाको ज्यान जाने गरेको छ ।
विश्वव्यापी तथ्याङ्क हेर्दा सो प्रतिवेदनमा यस वर्ष विश्वका ५९ लाख बालबालिकाको मृत्यु भएको जनाइएको छ । कुपोषण, निमोनिय र झाडा, पखाला नै बालमृत्युको एक प्रमुख कारण हो । रासस/सिन्ह्वा