१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय बाढीपहिरामा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु पूर्वबाट फेरि मौसम बदली सुरु होटल एभरेस्ट र बसेरालाई तीन-तीन लाख जरिवाना दशैँको लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव न्यायपालिकाको हुर्मत लिन वार एशोसिएसन संस्थागत रुपमा उद्यत रह्यो: पूर्वन्यायधीश ईश्वर खतिवडा विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानिक छैन, अन्तरनिकाय समन्वयको पनि अभाव देखियो: डाक्टर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी नेता बञ्जाडेको सडक दुर्घटनामा मृत्यु



अ+ अ-

रुपन्देही । सडक दुर्घटनामा परी नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बञ्जाडे (टङ्कमणि) को ५५ वर्षको उमेरमा आज निधन भएको छ । 

दाङबाट बुटवल फर्कँदै गर्दा गएराति करिब ९ बजेतिर पूर्वबाट पश्चिम आउँदै गरेको ना ७ ख ९०६ नं को बसले बञ्जाडे सवार लु २६प ५८९८ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते बञ्जाडेको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा आज बिहान ६ बजे निधन भएको माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिनुभयो ।

दाङमा घाइते तथा अपाङ्गताको बैठकमा सहभागी भएर फर्कँदै गर्दा घर नजिकै बुटवल जीतगढीमा उहाँ  दुर्घटनामा पर्नुभएको हो । माओवादीको सशस्त्र द्वन्द्वदेखि नै भूमिगत राजनीतिमा लाग्नुभएका बञ्जाडेको पार्थिव शरीरमा माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतका नेताले निवासमा पुगेर श्रद्धाञ्जलि दिनुभएको छ । 

नेता बञ्जाडेको आजै तिलोत्तमास्थित मगरघाटमा संस्कार गर्ने कार्यक्रम छ । अर्घाखाँची धारापानीमा जन्मिनुभएका बञ्जाडेका श्रीमती, एक छोरा र एक छोरी हुनुहन्छ । रासस