१० असार २०८३, बुधबार
,
Latest
शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशौं महाधिवेशनमा केपी ओलीलाई सर्वसम्मत अध्यक्ष हामी बनाउने छौँः निरु पाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेकी नेतृ निरु पालले केपी शर्मा ओली नै सर्वसम्मत अध्यक्ष बन्ने बताएकी छन् । 

बुधबार युवा संघको साइबर सर्कल घोषणा कार्यक्रमलाई संबोधन गर्दै नेत्री पालले दशौं महाधिवेशनमा ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न कसैले नरोक्ने बताइन् । 

‘अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २२५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । अध्यक्षमा अन्य कुनै नेताले उम्मेदवारी दिनेछैनन् । यदि भुलबस उम्मेदवारी दिएका नेता कमरेडहरुले ओलीलाई सर्वसम्मत अध्यक्ष भनेर छोड्नुहुनेछ । उनले भनिन्, ‘आजको आवश्यकता आम जनताको, युवाको, महिलाको, श्रमजीविको चाहना एमालेको नेतृत्व केपी शर्मा ओलीले गरुन् भन्ने छ । तसर्थ आगामी महाधिवेशनमा ओलीलाई सर्वसम्मत अध्यक्ष हामी बनाउने छौँ ।