२७ फाल्गुन २०८१, मंगलवार
,
Latest
आत्मनिर्भर अर्थतन्त्रका लागि उद्द्मशीलतामा जोड दिनुपर्ने महासंघ अध्यक्ष ढकालको धारणा राखेपका चार सदस्यको पद यथावत कायम गर्न सर्वोच्चको आदेश साउदी अरबमा अमेरिकासँगको वार्ताका क्रममा युक्रेनले सीमित युद्धविरामको प्रस्ताव गर्ने जोगियो डा. तोसिमा कार्कीको पद, उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा बदर सरकारले शासन सञ्चालनमा पक्षपात गरेको नेकपा एसको आरोप स्ववियु निर्वाचनः यी हुन् हालसम्म सर्वसम्मत भएका सभापति (सूचिसहित) लोकतन्त्रको विकल्प प्रतिगमन हुन सक्दैन, राजनीतिक प्रणालीलाई समृद्ध बनाऔँः सांसद बिष्ट हराएका सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण धार्मिक पर्यटनसँग जोड्दै लाटी बाराही देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिड स्टार बेन्जिमा ‘सेक्स टेप ब्ल्याकमेल’ प्रकरणमा दोषी ठहरिए



अ+ अ-

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमा ‘सेक्स टेप ब्ल्याकमेल’ प्रकरण दोषी ठहर भएका छन् । 

३३ वर्षीय फ्रेन्च स्टाइकर बेन्जिमा सहकर्मीको भिडियो खिचेर धम्क्याएको अभियोगमा उनी दोषी ठहर भएका हुन् ।

फ्रान्सको एक अदालतले उनलाई एक वर्षको सस्पेन्डेड जेल सजाय पनि सुनाएको छ । 

यो सजायमा जेलमा बस्नु भने नपर्ने भएपनि अदातलले तोकेको विभिन्न नियम भने पालना गर्नुपर्ने बताइएको छ ।

बेन्जिमालाई ७५ हजार युरो पनि जरिवाना गरिएको छ। अहिले उनी च्याम्पियन्स लिगको खेलअघि रियल मड्रिडको अभ्यासमा छन् ।

सन् २०१५ को जुनमा फ्रेन्च फुटबलर म्याथ्यु भाल्बुआनाको सेक्स भिडियो खिचेर ब्ल्याकमेल गरिएकोमा बेन्जिमाले पैसा दिन प्रोत्साहन गरेको अभियोग लागेको थियो ।

राष्ट्रिय टिमको अभ्यासमा रहेको बेला यो घटना भएको थियो। त्यसपछि उनी राष्ट्रिय टिमबाट समेत हट्नुपरेको थियो ।