१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वकिल सा’बहरु कम्फु कराते खेल्नुभएको पाँच दलको कानुनी क्षेत्रको रिफ्लेक्शन हो – अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा भएको विवाद र विसंगतिमा पाँच दलीय गठबन्धनको हात रहेको बताउनु भएको छ । 

बुधबार काठमाडौंमा आयोजित ‘साइबर सर्कल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले न्यायालय भित्रको झगडा तथा विवाद पाँच दलको कानुनी क्षेत्रको रिफ्लेक्शन रहेको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘ जनता छक्क परेर हेरिराखेको छ, वकिल सा’बहरु कहिले कम्फु कराँते खेल्नुहुन्छ । यो कम्फु कराँते सबै के हो भने पाँच दलको कानुनी क्षेत्रको रिफ्लेक्शन हो । उहाँहरुले जे गर्नुभएको त्यसको प्रकटीकरण हो ।’