२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुल नजिकै दुई व्यक्तिको गोली हानी हत्या



symbolic photo
अ+ अ-

एजेन्सी । सशस्त्र मानिसहरूको एक समूहले बुधबार बिहान अफगानिस्तानको राजधानी काबुल नजिकै चार धार्मिक व्यक्तिलाई लक्षित गरी गोली चलाउँदा बुधबार दुई जनाको मृत्यु भएको छ । 

दुई जनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य दुई जना सख्त घाइते भएका स्थानीय सञ्चार माध्यमहरूले अफगानी अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

रूसी समाचार एजेन्सी स्पुत्निकका अनुसार यी चार जनालाई कोपिसा प्रान्तको मुख्य शहर महमूद राकको इस्लामी एक विद्यालयबाट घर फर्किने क्रममा आक्रमण गरिएको थियो । 

आक्रमणकारीहरूले गोली हानी घटनास्थलबाट भागेको भन्दै तत्काल आक्रमणकारीको परिचय नखुलेको प्रहरीले बताएको छ । घटनाको बुधबार समाचार तयार पार्दासम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।