१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

एमाले केन्द्रीय सदस्यमा न्यौपानेले उम्मेदवारी दिने

एमाले केन्द्रीय सदस्यमा न्यौपानेले उम्मेदवारी दिने
अ अ+ अ-

काठमाडौं  । नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले नेकपा एमालेको केन्द्रीय सदस्यको उम्मेदवारी दिनुहुने भएको छ । 

राष्ट्रिय सभा सदस्य समेत रहनुभएकी नेतृ न्यौपानेले पार्टीको आसन्न दशौं महाधिवेशनमा महिला कोटाबाट केन्द्रीय सदस्यमा उठ्नुहुने घोषणा गर्नुभएको हो । 

वि।सं। २०५१ सालमा नेकपा एमालेको सदस्यता प्राप्त गर्नुभएको न्यौपाने २०५६ सालबाट निरन्तर नेकपा एमालेको जिल्ला कमिटीमा विभिन्न पदको जिम्मेवारीमा रहँदै आउनुभएको छ । 

उहाँ हाल एमाले तनहुँका सचिव तथा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र तनहुँ जिल्ला इन्चार्ज हुनुहुन्छ । विद्यार्थी आन्दोलनबाट उदाउँदै अनेरास्ववियुको राष्ट्रिय परिषद सदस्य बन्नुभएका उहाँले अनेमसंघ तनहुँको दुई कार्यकालसम्म अध्यक्षको रुपमा काम गर्नुभयो । उहाँसँग ९ वर्षसम्म नेकपा एमाले तनहुँको सचिवको रुपमा काम गरेको अनुभव समेत छ । 

न्यौपाने २०६२ ⁄ ६३ जनआन्दोलनको चर्चित पात्रसमेत हुनुहुन्छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्रको रुपमा रहनुभएकी उहाँलाई केन्द्रीय सदस्य बनाई भुगोलको राजनीतिमा पठाउने विषयमा अध्यक्ष ओली सकरात्मक रहनुभएको बुझिएको छ । 

तनहुँ क्षेत्र नं १ मा नेकपा एमालेबाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा लागेपछि र एमालेमा लामो समयसम्म पृष्ठभुमी बनाएका नेताहरु प्रतापलाल श्रेष्ठ, शंकरनारायण श्रेष्ठ, विद्या ढकाल लगायत नेताहरु नेकपा एसमा लागेर कार्यकर्ताहरुलाई आफूतिर तानातान गरिरहेको अवस्थामा नेतृ न्यौपानेले ती कार्यकर्तालाई जोगाउने मात्र नभई पार्टीको पक्षमा दृढताका साथ उभिन नेतृत्वदायी भूमिका खेलेर उहाँ थप चर्चित हुनुभयो । उहाँले राष्ट्रिय सभामा सांसदको रुपमा रहेर पनि सशक्त आवाज उठाउँदै आउनुभएको छ । उहाँले आम जनताको आवाज बनेर राष्ट्रिय सभामा सम्बोधन गर्दै आउनुभएको छ । 

हाल तनहुँ क्षेत्र नम्बर १ मा उहाँ एमालेका कार्यकर्ताको आशा र भरोसाको एकमात्र नेता हुनुहुन्छ । उहाँ पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएमा तनहुँमा कार्यकर्ताको संरक्षण गर्ने र विपक्षीसँग पनि बैचारिक बहसले अडिग रहँदै केन्द्रबाट समेत भरोसा गर्नसक्ने सशक्त नेता पाउने आशामा कार्यकर्ताहरु रहेका छन् । एमालेले यस दशौं महाधिवेशनमा ३३ प्रतिशत महिला केन्द्रीय सदस्य ग्यारेन्टी गरेको हुँदा न्यौपाने केन्द्रीय सदस्य बन्नेमा ढुक्क हुनुहुन्छ ।

एमालेको आसन्न महाविधेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनको मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुनेछ भने ११ र १२ गते सौराहाको सेभेन स्टारमा बन्दसत्र हुनेछ । 

महाधिवेशनमा देशभरिबाट एक हजार ९९९ प्रतिनिधि चयन भइसकेका छन् भने पाँच प्रतिशतसम्म मनोनीत सदस्य हुनेछन् । महाधिवेशनमा एमालेले पाँच लाख जनता सहभागी गराउने बताउँदै आएको छ । 

महाधिवेशनले १५ केन्द्रीय पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी सदस्य र लेखा आयोग तथा अनुशासन आयोगमा १५/१५ जना निर्वाचित गर्नेछ ।