७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा महाधिवेशन: अध्यक्षमा लिङ्देन र महामन्त्रीमा राणाले उम्मेदवारी दिने



अ+ अ-

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा नेता राजेन्द्र लिङ्देन र महामन्त्रीमा नेता धवलशम्शेर राणाले उम्मेदबारी दिने तयारी गर्नुभएको छ । मंसिर १५ देखि १७ गतेसम्म  काठमाडौमा हुने महाधिवेशनमा लिङ्देन र राणा एउटै कित्तामा उभिदै सयुक्त रुपमा उम्मेदवारी घोषणा गर्न लाग्नु भएको हो ।  

उहाँहरु दुबै जनाले बिहिबार उम्मेदबारी घोषणा कार्यक्रम  गर्न लाग्नु भएको छ ।उहाँहरु दुबै जनाले लामो समय देखी अध्यक्ष कमल थापालाई साथ दिदै आउनु भएको थियो । नेता लिङदेन र राणाले बर्तमान त्रय अध्यक्षहरु पार्टीको अभिभाबकिय भूमिकामा रहि नयाँ पुस्तामा नेतृत्व पुग्नु पर्ने कार्यकर्ताको भाबना अनुरुप आफुहरुले पार्टीको नेतृत्व गर्न चाहेको बताउनु भयो ।

सोमबार मंगलबार र बुधबार  हरेक जिल्लाको प्रदेश निर्वाचन क्षेत्र स्तरमा महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन भएको छ ।  महाधिवेशनमा करिब ४५ सय प्रतिनिधि सहभागी भई पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् ।

उता बर्तमान अध्यक्ष कमल थापाले पनि आफु स्वभाबिक रुपमा अध्यक्षको दाबेदार रहेको बताउदै आउनु भएको छ । आफूले उठाएको राजनीतिक एजेण्डा पुरा गर्न पनि नेतृत्वमा थापाले निरन्तरता चाहानु भएको छ ।