१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सन्दर्भ विश्व मधुमेह दिवस: मधुमेहको आँखामा असर

सन्दर्भ विश्व मधुमेह दिवस: मधुमेहको आँखामा असर
अ अ+ अ-

काठमाडौं । तिलगङ्गा आँखा प्रतिष्ठानले ‘मधुमेह सेवाको पहुँच: अहिले नभए कहिले भन्ने’ मूल भावका साथ मधुमेहको आँखामा असरसम्बन्धी सचेतना सप्ताहका रूपमा विशेष कार्यक्रमका साथ मनाएको छ ।

यसअन्तर्गत मधुमेहको आँखामा असरसम्बन्धी जनचेतना फैलाउनका लागि अस्पतालको हाताभित्र जानकारीमूलक विभिन्न सामग्री वितरण, आमसञ्चारका विभिन्न माध्यममा सामग्री प्रचारप्रसार तथा मधुमेहका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको प्रतिष्ठानले आज जनाएको छ । यसअन्तर्गत ९९ जनाले निःशुल्क परीक्षण र १५ जनाले विशेष उपचार (लेजर थेरापी र अभाष्टिन इन्जेक्सन) सेवा लिएका छन् । 

अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार संसारभर ४६ करोड ३० लाख मानिस मधुमेहबाट ग्रसित छन् । अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदयरोग, मिर्गौलाले काम नगर्ने अवस्था र असामयिक निधनको प्रमुख कारणका रूपमा मधुमेह देखिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हरेक तीनमध्ये एक जना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टिमा क्षति व्यहोर्नुपर्ने अवस्था देखिएको छ । मधुमेह लागेका व्यक्तिमा हृदयरोगको जोखिम सामान्य मानिसमा भन्दा तीनगुना बढी हुन्छ । मिर्गौलाले काम नगर्ने जोखिम मधुमेहका बिरामीमा १० गुना बढी हुन्छ ।

संसारभर प्रत्येक ३० सेकेन्डमा कुनै एक मधुमेही व्यक्तिले आफ्नो खुट्टा गुमाइरहेका छन् । प्रत्येक दुईमध्ये एक वयस्कमा मधुमेह रोगको निदान भएको छैन । मधुमेह, सन्तुलित आहार, नियमित व्यायाम, नियमित स्वास्थ्य परीक्षण, तनाव व्यवस्थापन र औषधोपचारका माध्यमबाट सजिलै ५० प्रतिशतभन्दा बढीमा रोकथाम गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोस्रो प्रकारको मधुमेहमा करिब दुई तिहाइ बिरामीको आँखाको पर्दा अर्थात् रेटिनामा असर परिसकेको हुन्छ । संसारमा कूल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत अन्धोपना यही डायबेटिक रेटिनोपेथीका कारणले हुने गरेको र आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाइएको छ । मधुमेहको आँखामा असर ‘डायबेटिक रेटिनोपेथी’ सम्बन्धी जनचेतना जगाउन सन् २०१४ देखि नै विश्व मधुमेह दिवसका अवसरमा प्रतिष्ठानले ‘डायबेटिक रेटिनोपेथी दिवस’ मनाउँदै आएको छ । रासस