१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

बर्तौलाद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

बर्तौलाद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बर्तौलाले एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । अनेरास्ववियुका पूर्व उपाध्यक्ष समेत रहेका लोकप्रिय नेता बर्तौलाले आसन्न दशौं महाधिवेशनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

विं.सं. २०४० पौष २९ गते मकवानपुरको नाम्टारमा जन्मिएका बर्तौलाले २०५३ सालमा श्री कालिका माविमा कक्षा ७ मा अध्ययनरत रहँदा प्रारम्भिक कमिटी को अध्यक्ष को जिम्मेवारी सहित अनेरास्ववियुमा संगठित भएका हुन् । 

यसैगरी अनेरास्ववियु मकवानपुर को जिल्ला सदस्य, सचिव हुँदै दुइपटक जिल्ला अध्यक्ष भएको उनी काठमाडौं उपत्यका बाहिर को सामुदायिक कलेज हरुमा ठुलो कलेज मकवानपुर बहुमुखी क्याम्पस को स्वतन्त्र विद्यार्थी युनियन मा २०६२ र २०६५ मा सभापतिमा निर्वाचित भए । 

यस्तै २०६६ मा स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपाल केन्द्रिय संयोजक मा निर्वाचित भई अनेरास्ववियु नारायणी अञ्चल कमिटीको उपाध्यक्षमा रही अनेरास्ववियु मध्यमाञ्चल बिकास क्षेत्रीय प्रमुख हुँदै दुई पटक केन्द्रिय सचिवालय सदस्य , सचीव  हुँदै हाल उपाध्यक्षबाट उनले विदा लिए । उनी मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि हुन् । अनेरास्ववियु बाट बिदा भएपछि नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य को जिम्मेवारीमा कार्यरत रहेका छन् । 

नेकपा एमाले पार्टीमा पनि उनीसँग २०६३ सालमा नेकपा एमाले मकवानपुर को जिल्ला कमिटी सदस्यमा निर्वाचित, २०६५ मा बुटवल मा भएको नेकपा एमाले को आठौं राष्ट्रिय महाधिवेशन मा सबैभन्दा कान्छो प्रतिनिधिको रूपमा  मकवानपुरबाट निर्वाचित भई २०७७ सालमा नेकपा को केन्द्रिय सदस्य को जिम्मेवारीको रुपमा काम गरेको अनुभव छ । 

कानुन विषयमा स्नातक तह उतिर्ण गरेका उनी अधिवक्ता समेत हुन् । यस्तै त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र राजनीति शास्त्र मा मास्टर्स डिग्री (स्नातकोत्तर) उतिर्ण भई उनी हाल त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्रमा एमफिल पिएचडी अध्ययन गर्दै छन् ।

एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भई पार्टीलाई सही दिशामा हाँक्न सक्ने उनीसँग खुबी रहेको छ । उनी आय युवाहरुको आशा र भरोसाका केन्द्र रहेका छन् । 

एमालेको आसन्न महाविधेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनको मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुनेछ भने ११ र १२ गते सौराहाको सेभेन स्टारमा बन्दसत्र हुनेछ । 

महाधिवेशनमा देशभरिबाट एक हजार ९९९ प्रतिनिधि चयन भइसकेका छन् भने पाँच प्रतिशतसम्म मनोनीत सदस्य हुनेछन् । महाधिवेशनमा एमालेले पाँच लाख जनता सहभागी गराउने बताउँदै आएको छ । 

महाधिवेशनले १५ केन्द्रीय पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी सदस्य र लेखा आयोग तथा अनुशासन आयोगमा १५र१५ जना निर्वाचित गर्नेछ ।