१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

अन्तर व्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा स्पेन प्रस्थान

अन्तर व्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुन  सभामुख सापकोटा स्पेन प्रस्थान
अ अ+ अ-

काठमाडौं ।अन्तर व्यवस्थापिका संघ (आई पी यू) को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  स्पेन प्रस्थान गर्नु भएको छ । प्रतिनिधिमण्डल  (बुधवार) बेलुका ८.५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट त्यस तर्फ प्रस्थान गरेको हो ।

सभामुख नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्य देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य  प्रमिला कुमारी र  अगम प्रसाद वान्तवा राई रहनु भएको छ । 

यसैगरी प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखज्यूको प्रमुख स्वकिय सचिव अर्जुन खत्री के.सी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावसका कार्यवाहक राजदूत अर्जुन अधिकारी सहभागी हुनुहुन्छ ।

अन्तर व्यवस्थापिका संघ (आई पी यू) र स्पेनको संसदको आयोजनामा यहि मंसिर १० देखि १४ (२६ देखि ३० नोभेम्बर २०२१ ) स्पेनको म्याड्रिडमा आई पी यूको १४३ औं सम्मेलन हुँदै छ । सो सम्मेलनमा"Contemporary Challenge to Democracy: Overcoming Division and Building Community"शीर्षकमा सभामुखले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ ।

यसैगरी २८ नोभेम्बरमा स्पेनको म्याड्रिडमा आयोजना हुनेMeeting of the Parliamentary Network of the Non-Aligned Movement मा सभामुख सापकोटाले भागलिई बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी प्रतिनिधिमण्डल यहि मंसिर १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

यो पनि पढ्नुहोस –  सभामुख अग्नि सापकोटा विरूद्ध उभिए मानव अधिकारवादी संघसंस्था, स्पेन यात्रा रोक्न पत्राचार