१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कांग्रेस महाधिवेशन: डोटीमा पार्टी सभापतिमा सिंह विजयी

कांग्रेस महाधिवेशन:  डोटीमा पार्टी सभापतिमा सिंह विजयी
अ अ+ अ-

डोटी I नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि बुधबार भएको मतदानमा नरेन्द्रबहादुर सिंह विजयी हुनुभएको छ । बुधबार सम्पन्न भएको निर्वाचनमा कूल ९८७ मत खसेका थिए । त्यसमा सिंह ५६८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी भूमिराज बडुले ३९७ मत प्राप्त गर्नुभएको छ । सिंहले आफ्ना निकटतम प्रतिद्वन्द्वी बडुलाई १७१ मतको अन्तरले विजयी हुनुभएको हो । 

मङ्गलबार भएको निर्वाचनमा कूल खसेका मतमध्ये ५१ प्रतिसत मत कसैले पनि ल्याउन नसकेका कारण बुधबार सभापतिका लागि पुनः निर्वाचन भएको थियोे । सभापतिका लागि सिंह र बडुका बीच दोस्रो चरणमा मतदान भएको हो । मङ्गलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार रहेका थिए । 

कुल मतदाता एक हजार १०७ रहेका थिए । बुधबार भएको निर्वाचनमा २२ मत बदर भएका निर्वाचन समितिले जनाएको छ । मङ्गलबार पहिलो चरणमा भएको निर्वाचनमा सिंहले ३५८, बडुले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझोले ३४ मत प्राप्त गर्नुभएको थियो । रासस