११ फाल्गुन २०८१, आईतवार
February 23, 2025 Sunday

11.27°C

काठमाडौं

11.27°C

Kathmandu

Feels-like: 10.44

Wind: 1.54

Humidity: 76

Latest
सशस्त्र प्रहरीकी इन्सपेक्टर मृत फेला महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने संविधानलाई समयानुकूल संशोधन गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे प्रधानन्यायाधीशको नाममा नक्कली ट्विटर आइडी बनाएर प्रचार गरेकाप्रति ध्यानाकर्षण भूमिसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले सहजीकरण गर्छः मुख्यमन्त्री आचार्य लोकतन्त्रमा राज्य बलियो बनाउन बलिया पार्टी आवश्यक : महासचिव पोखरेल माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित रिङ्कुकुमारी मृत्यु प्रकरण: आठ जना प्रहरी नियन्त्रणमा प्रधानाध्यापकहरुसँग प्रमुख र उपप्रमुखको अन्तरक्रियात्मक संवाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकल कफी



अ+ अ-

 

मन उदास उदास थियो ।
यो होइन कि उनले बुझिनन् ।
कफी खान जाने ? उनले नसोधेको पनि होइन ।
होस् । आज अबेर भो, अर्को दिन जाउँला, मैले भनें ।
मलाई यसो भन्दा साँच्चै सकस भो । सोच्नुस् न, पुरुषले पो सजिलै भन्ला त, नारीले पुरुष मित्रलाई कफी पिउन आग्रह गर्नु कहाँ सजिलो कुरो हो र !
तर मैले उनको आग्रह लत्याइ सकेको थिएँ । काम बिग्रीसकेको थियो । स्थिति यस्तो थियो कि म आफैलाई चोट पुर्याउँदै थिएँ जानी जानी । मनै त उदास थियो आफ्नो ।

ब्याग साइडमा भिरेर म लसक लसक उकालो लागेँ पवित्र वर्कशप तिर । मलाई ‘बेकर्स डेन’ मा छिरेर कफी वा अन्य केही खाने उत्सुकता पनि थिएन तर जाँदाजाँदै आएको ताजा पिँधेको कफीबिनको महकले हो वा पुरानो स्मृति के ले हो, मलाई त्यतै डोर्यायो ।
उदास मनले भन्यो– चल भाइ, आज एक्लै खाइदे । अनि जान पनि एक्लो हुनुको पीडा, मनको उफान कतै पोखिन नसक्दाको अवस्था ।

कफी पसलकी बहिनी एक्लै थिइन् ।
मैले एउटा क्यापुचिनो अर्डर गरेँ ।
क्षणमै आयो अर्डर आज, अरु कोहि ग्राहक पनि त थिएनन् ।
पसलको छेउको एउटा टेबलमा एउटा क्यापुचिनो, एउटा म ।

मलाई नमज्जा ’फिल’ हुनु थियो ।
कफीको प्रत्येक चुस्की नमिठो एक्लोपनसँगै निल्नु थियो ।
सत्ते, त्यो चिसो साँझ अझ ठिहीलाग्दो होस् भन्ने मैले कामना गरेंथेँ ।

तर कफी तातो थियो । मानौँ दक्षिण अमेरिकाको कुनै कफी बगानको तन्नेरी बोटको फलहरु कफीशपकी यी सुन्दरीले पिस्दा उनको यौवनको महक पनि यसमा मिसिएको थियो ।
कफी साँच्चै मीठो थियो ।
एकछिन मैले सबथोक बिर्सिएँ । मनले पनि उदास हुन बिर्सियो एकछिन ।

माफ गर, मैले एक्लै पिएँ ।