५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकल कफी



अ+ अ-

 

मन उदास उदास थियो ।
यो होइन कि उनले बुझिनन् ।
कफी खान जाने ? उनले नसोधेको पनि होइन ।
होस् । आज अबेर भो, अर्को दिन जाउँला, मैले भनें ।
मलाई यसो भन्दा साँच्चै सकस भो । सोच्नुस् न, पुरुषले पो सजिलै भन्ला त, नारीले पुरुष मित्रलाई कफी पिउन आग्रह गर्नु कहाँ सजिलो कुरो हो र !
तर मैले उनको आग्रह लत्याइ सकेको थिएँ । काम बिग्रीसकेको थियो । स्थिति यस्तो थियो कि म आफैलाई चोट पुर्याउँदै थिएँ जानी जानी । मनै त उदास थियो आफ्नो ।

ब्याग साइडमा भिरेर म लसक लसक उकालो लागेँ पवित्र वर्कशप तिर । मलाई ‘बेकर्स डेन’ मा छिरेर कफी वा अन्य केही खाने उत्सुकता पनि थिएन तर जाँदाजाँदै आएको ताजा पिँधेको कफीबिनको महकले हो वा पुरानो स्मृति के ले हो, मलाई त्यतै डोर्यायो ।
उदास मनले भन्यो– चल भाइ, आज एक्लै खाइदे । अनि जान पनि एक्लो हुनुको पीडा, मनको उफान कतै पोखिन नसक्दाको अवस्था ।

कफी पसलकी बहिनी एक्लै थिइन् ।
मैले एउटा क्यापुचिनो अर्डर गरेँ ।
क्षणमै आयो अर्डर आज, अरु कोहि ग्राहक पनि त थिएनन् ।
पसलको छेउको एउटा टेबलमा एउटा क्यापुचिनो, एउटा म ।

मलाई नमज्जा ’फिल’ हुनु थियो ।
कफीको प्रत्येक चुस्की नमिठो एक्लोपनसँगै निल्नु थियो ।
सत्ते, त्यो चिसो साँझ अझ ठिहीलाग्दो होस् भन्ने मैले कामना गरेंथेँ ।

तर कफी तातो थियो । मानौँ दक्षिण अमेरिकाको कुनै कफी बगानको तन्नेरी बोटको फलहरु कफीशपकी यी सुन्दरीले पिस्दा उनको यौवनको महक पनि यसमा मिसिएको थियो ।
कफी साँच्चै मीठो थियो ।
एकछिन मैले सबथोक बिर्सिएँ । मनले पनि उदास हुन बिर्सियो एकछिन ।

माफ गर, मैले एक्लै पिएँ ।