५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कँडेलको ‘पाञ्चाली’ कविता सङ्ग्रह बजारमा



अ+ अ-

काठमाडौँ, २२ मङ्सिर: मानव अधिकारकर्मी एवं कवि कृष्ण कँडेलद्वारा लिखित ‘पाञ्चाली’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ ।

मानवअधिकार तथा शान्ति समाजले शुक्रबार आयोजना गरेको कार्यक्रममा वरिष्ठ नाटककार अशेष मल्ल, वरिष्ठ पत्रकार किशोर नेपाल, प्रा डा सावित्री कक्षपति, समाजका संस्थापक सभापति कृष्ण पहाडी, गजलकार ज्ञानुवाकर पौडेललगायतले संयुक्तरुपमा ‘पाञ्चाली’ कविता सङ्ग्रह विमोचन गर्नुभयो ।

कविता सङ्ग्रह समाजले नै प्रकाशन गरेको हो । कार्यक्रममा वरिष्ठ पत्रकार नेपाल, समाजका सभापति उत्तम पुडासैनी, पूर्व सभापति गङ्गाधर अधिकारी, नाटककार मल्ल, प्रा डा कक्षपतिलगायतले उहाँका कविताका बारेमा चर्चा गर्नुभएको थियो । पाञ्चाली कवि कँडेलको दोस्रो कविता सङ्ग्रह हो ।