१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

प्रधानमन्त्री देउवासँग बारका पदाधिकारीको छलफल

प्रधानमन्त्री देउवासँग बारका पदाधिकारीको छलफल
अ अ+ अ-

काठमाडौँ ।नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानून व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा बारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री देउवाले अदालतमा भइरहेको आन्दोलन बारे छलफल गर्न नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीहरुलाई बालुवाटार बोलाउनु भएको थियो ।

छलफलपछि नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अदालतको समस्या समाधान भनेकै प्रधानन्यायाधीशको राजिनामा भएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीसँग प्रधानन्यायाधीशको राजीनामाको माग गरेको र प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनसँग छलफल गरेर केही दिन भित्रै समस्याको समाधान गर्ने जानकारी गराउनु भएको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अहिलेको निकास भनेको उहाँको राजीनामा हो, र संविधान बमोजिम जुन प्रतिनिधिसभामा रहेका दलहरुले भूमिका निर्वाह गर्नुपर्ने कुराहरु राख्यौँ । साथसाथै नैतिकता न्यायपालिकाका लागि महत्वपूर्ण कुरा छ, नैतिकताको आधारमा राजीनामा दिनुपर्ने कुराहरु प्नि हामीले राख्यौँ । सम्माननीय प्रधानमन्त्री ज्यूले अहिले सत्तामा गठबन्धनको रुपमा रहनुभएका दलहरुसँग आज, भोलि नै हामी छलफल गर्छौं, र एकदुई दिनमै निकास आउँछ भन्ने हाम्रो दृष्टिकोण छ, उहाँको निकासको लागि बहिर्गमनको लागि हामीले जे भनेका छौँ त्यसलाई गम्भीरताका साथ लिनु भएको छ र उहाँले यो भन्दा अघि पनि जानकारीमा छ र अहिले पनि यहाँहरुले जनताको बारेमा बोलिरहेका कानून व्यवसायीहरुले ल्याउनु भएको विषयलाई हामी छलफल गर्छौं र निकासको लागि अघि बढ्छौँ भन्ने कुरा उहाँले राख्नु भएको छ ।’

प्रधानमन्त्रीसँगको छलफलमा सहभागि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले वकील र न्याायधीशको तर्फबाट प्रधानन्यायाधीशले विश्वास गुमाइसकेकाले राजिनामा दिन आवश्यक रहेको कुरा प्रधानमन्त्रीलाई बताएको संचारकर्मीहरुलाई बताउनु भयो । अध्यक्ष शाक्यले प्रधानन्यायाधीशले गरेका न्यायमाथि विश्वसनीयता नभएको भन्दै प्रधानन्यायाधीशले घरबाटै राजीनामा दिनुपर्ने बताउनु भयो । अध्यक्ष शाक्यले प्रधानमन्त्रीसँगको छलफलमा प्रधानमन्त्री देउवाले कानून व्यवसायीहरुको कुरालाई गम्भीरताका साथ विचार गरेर पहल गर्ने प्रतिवद्धता जनाउनु भएको बताउनु भयो ।

अध्यक्ष शाक्यले भन्नुभयो, ‘हामीले प्रधानन्यायाधीशले वकीलको तर्फबाट पनि विश्वास गुमाइसकेको छ, उहाँहरु कोही पनि बेञ्चमा गएर बहस गर्नलाई तयार छैनन् । अरु न्यायाधीशहरु पनि उहाँसँगै बसेर न्याय सम्पादन गर्न तयार छैनन् । उहाँले गर्ने न्यायमाथि कुनै किसिमको विश्वसनियता नहुने भएकोले उहाँले अब फर्काएर ल्याउँछु, उहाँलाई जिम्मेवारी दिन्छु, उहाँबाट काम सम्पन्न हुन्छ भन्ने कुरामा कुनै पनि विश्वास गर्ने आधार सम्पन्न भइसकेको हुनाले उहाँ अहिले घरमा जहाँ हुनुहुन्छ, त्यहीँबाट बहिर्गमनको बाटोतिर जान अनुरोध गर्नुहोस् भनेर हामीले रिक्वेस्ट ग-यौं । उहाँले यी सबै कुराहरुको बारेमा विचार गरेर पहल गर्छु भन्नुभएको छ ।’

यसअघि  (हिजो) बिहीवार न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध निरन्तर आन्दोलन गरीरहेको नेपाल बार एशोसिएशनले सर्वोच्च अदालत परिसरदेखि बालुवाटारसम्म ‘बालुवाटार न्याय मार्च’ गरेको थियो । लामो समय यता सर्वोच्च अदालतका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् । नेपाल बार एशोसिएशनले भने प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएको छ ।