२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेतृत्व छनौटमा सकस, अध्यक्षमा ओलीको निरन्तरता, वरिष्ठमा नेम्बाङ र महासचिवमा पौडेलको पल्ला भारी



अ+ अ-

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा पार्टीको नेतृत्व छनौट पेचिलो बन्दै गएको छ । पार्टी अध्यक्षमा केपी शर्मा ओलीकै निरन्तरता हुने लगभग निश्चित छ । तर अध्यक्ष ओली पछिको वरिष्ठ उपाध्यक्ष पदमा कसलाई ल्याउने भन्नेमा ओली स्वयं अध्ययन र अन्य नेताहरुसँग परामर्श गरिरहनु भएको छ । वरिष्ठ उपाध्यक्षको दौडमा मुख्य रुपमा सुवास नेम्बाङ र ईश्वर पोखरेल रहनु भएको छ । 
अध्यक्ष ओलीले नेम्बाङलाई “ग्रिन सिग्नल” दिनु भएकाले उहाँ नै वरिष्ठ उपाध्यक्ष हुने स्रोतले जनायो । उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा धेरै नेता आकाँक्षी हुँदा अध्यक्ष ओलीलाई नेताहरु व्यवस्थापन गर्न कठिनाई भएको छ । 
काठमाडौंमा रहँदा र चितवन पुगेपछि पनि अध्यक्ष ओलीले स्थायी समितिका सदस्य तथा केही केन्द्रीय सदस्यहरुसँग परामर्श गर्नु भएको छ ।  उहाँले ईश्वर पोखरेल सहित नेकपा माओवादी छाडेर एमाले प्रवेश गर्नु भएका रामबहादुर थापा, नेत्री अष्टलक्ष्मी शाक्य सहितका नेताहरुलाई उपाध्यक्ष बनाउने तयारी गर्नु भएको बुझिएको छ ।  यसैगरी महासचिवमा विष्णु पौडेललाई अघि बढाउने र शंकर पोखरेललाई अन्य पदमा व्यवस्थापन गर्ने तयारी ओलीेको रहेको उहाँ निकट स्रोतले जानकारी दियो ।  

एमालेका औपचारिक रुपमा उम्मेदवारहरुको समूह नबने पनि स्थायी समितिमा दुई पोखरेल एउटा कित्तामा र अरु सदस्य पौडेलको पक्षमा देखिएको पनि स्रोतले जानकारी दियो ।  
यता पूर्व माओवादी तथा हाल एमालेका नेताहरु रामबहादुर थापा, लेखराज भट्ट भने अध्यक्ष ओलीको ईशारा कुरेर बसिरहनु भएको छ । ओलीले निर्णय बिरुद्ध कोही नेता पनि जान नसक्ने हुनाले यस पटक ओलीले जे चाहानु हुन्छ लगभग नेतृत्व त्यही अनुसारको आउने निश्चित नै छ ।  

युवा फाँटका ईञ्चार्ज महेश बस्नेत र विद्यार्थी  फाँटका ईञ्चार्ज  खिमलाल भट्टराई पनि नेम्बाङ र पौडेलका पक्षमा उभिएका छन् । आफूभन्दा जुनियरलाई महासचिवको जिम्मेवारी दिए आफूहरु पनि प्रतिस्पर्धी रहने भन्दै अध्यक्ष ओलीलाई  सचिव प्रदीप ज्ञावली र पृथ्वी सुब्बा गुरुङले धारणा सुनाएपछि ओली अप्ठ्यारोमा पर्नु भएको छ ।   यसैगरी सबैभन्दा बढी व्यवस्थापन सचिवमा गर्नुपर्ने अवस्था रहेको छ । बिगतमा जिम्मेवारी लिएका नेता तथा नयाँको दाबी पनि धेरैको सचिवमा रहेको छ ।  

नेतृत्वमा मिलाउन १० बुँदे सहमति सहित एमालेमा रहेका नेता सँगै पूर्व माओवादीका नेताहरुलाई व्यवस्थापन गर्नु पनि निकै कठिन भएको ओली निकट स्रोतले जनायो ।