१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

राष्ट्रिय जनगणना २०७८ सम्पन्न

राष्ट्रिय जनगणना २०७८ सम्पन्न
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ कुनैपनि प्रकारको अवरोध बिना सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ बिना कुनै अवरोध सम्पन्न भएको बताएको हो । 

राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशंकाहरु सामाजिक सञ्जालमा उब्जिएको भएपनि विभागले सम्बन्धित पक्षहरुसँग छलफल गरी जनगणना कार्यलाई अगाडी बढाएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताउनुभयो । महानिर्देशक श्रेष्ठले नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडको हाराहारीसम्म पुग्ने अनुमान गरिएको बताउनुभयो । जिल्ला जनगणना कार्यालयबाट मंसिर मसान्तसम्ममा जिल्लाको विवरण केन्द्रमा आउने भन्दै उहाँले केन्द्रीय तथ्यांक विभागले विवरण इन्ट्रि गर्न ६ देखि ८ महिना लाग्ने जानकारी दिनुभयो । एक वर्षपछि जनगणनाको रिपोर्टहरु निकाल्न सुरु गर्ने र दुई वर्ष भित्रमा सम्पूर्ण जनगणनाको सम्पूर्ण क्रियाकलाप सम्पन्न गर्ने उहाँको भनाई छ । जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनाभित्र आउने महानिर्देशक श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सबैको लेखाजोखा गर्दाखेरी पहिलेको प्रोजेक्शन गरिएको जनगणनाको ३ करोडको हाराहारीको जनसंख्या हो । त्यसको लगभग आसपासमा हामी पुगौँला नभए २ करोड ८० लाख सम्म पुग्छ कि भन्ने अहिलेको प्रारम्भिक अनुमान मात्र हो । यसको इन्ट्रि भइसकेपछि त थाहा हुन्छ, यद्यपी जनगणना सम्पन्न भएको मंसिर मसान्तसम्ममा सबै जिल्ला जनगणना कार्यालयबाट केन्द्रमा आउँछ । केन्द्रमा आइसकेपछि हामीले तथ्यांक इन्ट्रि गर्ने काम गर्छौ । डाटा इन्ट्रि गर्न छ देखि ८ महिना लाग्ने अनुमान गरेका छौँ । डाटा इन्ट्रि सकिएपश्चात त्यसको रिपोर्ट निकाल्ने क्रम जारी गर्छौ । आजको एक वर्षपछि मात्र नेशनल रिपोर्टदेखि डिटेल्स् रिपोर्टहरु निकाल्ने क्रम जारी हुँदै जान्छ । यो सँगसँगै अबको दुई वर्षमा हाम्रो सेन्ससको इक्टीभिटिज सबै कम्प्लिट हुन्छ । नेपालको जनसंख्याको प्रारम्भिक नतिजा आजको मितिले तीन महिनाभित्र दिन सक्छौँ ।’

महानिर्देशक श्रेष्ठले केही गणकहरुले जनगणनाको समयमा पेन्सिलको प्रयोग गलत नियतले नगरी सुपरिवेक्षकलाई राम्रो अक्षर देखाउनका लागि गरिएको उहाँले स्पष्ट पार्नुभयो । दुर्गम र पुग्न कठिन ठाउँहरुमा पनि गठकहरुले जनगणना गरेको उहाँले बताउनुभयो । गणकहरु तिङ्कर र छारुङसम्म पुगेर जनगणना गरेको उहाँले उल्लेख गर्नुभयो । महानिर्देशक श्रेष्ठले भन्नुभयो – ‘मुख्य गणनाको सन्दर्भमा पास उपलब्ध भएको अवस्था रहेन । नरहेपछि हाम्रा साथीहरु मान्छे हिड्ने बाटो नै होइन, जंगल नै जंगलको बाटोमा तीन दिन लगाएर रुखका हाँगाहरु समातेर माथिसम्म पुग्नुभयो । तिङ्कर र छारुङमा पनि सम्पन्न गर्नुभयो । बाटोबाट आफै फर्किन सक्ने अवस्था थिएन । हिजो उहाँहरुलाई हेलिकप्टरबाट सदरमुकाम खलंगा ल्याउने काम सम्पन्न गर्‍यौँ ।’

केन्द्रीय तथ्यांक विभागले देशभरका सम्पूर्ण भु–भागमा जनगणना सम्पन्न गरिसकेको बताएको छ । केही विवादित क्षेत्रहरुमा भने कुटनैतिक पहल गरी छिट्टै गणना सम्पन्न गर्ने जनाएको छ ।