२२ भाद्र २०८३, सोमबार
,
Latest
‘जेन्जीआन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०६३ को राजनीतिक परिवर्तनबारे एमालेले गम्भीर समीक्षा गरोस् : कमल थापा



अ+ अ-

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) का अध्यक्ष कमल थापाले २०६३ सालको राजनीतिक परिवर्तनबारे गम्भीर समीक्षा गर्न नेकपा एमालेलाई आग्रह गर्नुभएको छ ।

चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उहाँले २०६३ सालको राजनीतिक परिवर्तनपश्चात दिगो शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल नभएको भन्दै एमालेका महाधिवेशन प्रतिनिधिलाई राजनीतिक परिवर्तनको उद्देश्यबारे गम्भीर छलफल गरी साहसिक निर्णय लिन आग्रह गर्नुभयो । 

राप्रपा अध्यक्ष थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरेर नेपाली जनतालाई गुन लगाउनुभएको बताउनुभयो ।

उहाँले मधेशमा भएको पृथकतावादी आन्दोलन र नेत्रविक्रम चन्द समूहको माओवादी आन्दोलनलाई स्थगित गर्न लगाएर शान्तिपूर्ण राजनीतिमा आउन प्रेरित गरेकामा ओलीको प्रशंसा गर्नुभयो ।