२२ भाद्र २०८३, सोमबार
,
Latest
‘जेन्जीआन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलहरुका कारण नै कार्यपालीका , न्यायपालीका र व्यवस्थापिकामा रमिता भयो: चित्रबहादुर केसी



अ+ अ-

चितवन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एकले अर्को दललाई खुइल्याउने काम भएकाले बाह्य शक्तिले  चलखेल गरेको बताउनु भएको छ ।  चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्नुहुँदै उहाँले भन्नुभयो ‘बाह्य शक्ति खेल्छ त । हामी लडाइ गर्नुपर्ने एकले अर्कोलाई खुइल्याउनुपर्ने , बाह्य शक्तिले त त्यही खोजरिहेको नेपाली राजनीतिमा देखिएको एकअर्कालाई खुल्याउने प्रवृत्ति बन्द गर्नुपर्छ ।’

अध्यक्ष केसीले सबै राजनीतिक दलहरूको संघर्षले प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि दलहरूबीच खुल्याउने कार्य बन्द गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले सबभन्दा बढी तितोपिरो कम्युनिस्ट आन्दोलनमा छ, हाम्रो अन्तरविरोध बाह्य शक्ति, बाम आन्दोलन विरोधी शक्तिलाई सुनाएर औकात देखाउन खोज्छौं, यसरी हुँदैन’ । नेता केसीले मुलुकको अहिलेको अवस्थाका कारण निराशा बढिरहेको बताउनुभयो ।‘

उहाँले भन्नुभयो हामीले नेपालमा गणतन्त्र ल्यायौँ, धर्मनिरपेक्षता स्थापना ग¥यौँ, हामी पटक पटक चुनावमा पनि गयौँ । अहिले मुलुक जसरी अगाडि बढ्नुपर्ने थियो त्यसरी गइरहेको छैन । संसद् अस्तव्यस्त छ । कार्यपालिका भित्र पनि राम्रो वातावरण छैन । न्यायपालिका भित्र पनि राम्रो स्थिति छैन  निराशा छ । उही मैले भनेजस्तै वारीकाले पारीकालाई कालीपारी र पारीकाले वारीकालाई कालीपारी भनेजस्तै राजनीतिक पार्टीहरू एउटाले अर्कोलाई दोष लगाइरहेका छौँ । यो हाम्रो कारणले भएको हो भनेर हामी राजनीतिक पार्टीहरूले जिम्मा लिन सक्नुपर्छ ।’