२२ भाद्र २०८३, सोमबार
,
Latest
‘जेन्जीआन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निधिलाई पहिलो गाँसमै ढुंगा, धनुषामै हारे



अ+ अ-

जनकपुरधाम – पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको अर्को दिन शुक्रबार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पहिलो गाँसमै ढुंगा लागेको छ । 

प्रदेश सभा क्षेत्रीय अधिवेशनअन्तर्गत धनुषा क्षेत्र नम्बर १ (ख) मा भएको निर्वाचनमा निधि समर्थक पराजित भएका छन् । उनको समर्थनमा उठेका उम्मेदवार मदन यादव अध्यक्षमा नराम्ररी पराजित भएका हुन् । 

सभापतिमा ऋषिकेश लामा निर्वाचित भएका छन् । उनी पार्टी सभापति शेरबहादुर देउवाको समर्थनमा उम्मेदवार बनेका थिए । उनलाई नेता आनन्द ढुंगानाको पनि आशिर्वाद थियो ।

दुई दिनदेखि सहमति जुटाउन प्रयास गरिए पनि अन्ततः निर्वाचनमै जाने निर्णय भएको थियो । बिहीबार राति सम्पन्न मतदानबाट लामाले २५७ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी यादवले ५७ मत मात्र ल्याएका छन् । 

धनुषा जिल्लामै निधिको प्रभाव ज्यादै नगण्य रहेको राजनीतिक वृत्तमा चर्चा छ । देशका अन्य जिल्ला एवं क्षेत्रमा समेत निधिको उपस्थिति शून्य छ । पार्टीका जिल्ला सभापतिहरुको नतिजा धमाधम प्राप्त भइरहे पनि निधि पक्षधर कुनै पनि नेता सभापतिमा चुनिएका छैनन् ।

तर पनि निधि केन्द्रीय सभापतिमा उठ्ने घोषणा गरेर ठूलो जोखिम उठाउन लागि परेका छन् ।