१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सुनसरीमै शेखर कमजोर, यी पूर्वमन्त्रीसहित धेरैको हार

सुनसरीमै शेखर कमजोर, यी पूर्वमन्त्रीसहित धेरैको हार
file
अ अ+ अ-

इनरुवाः नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जारी क्षेत्र तथा जिल्ला अधिवेशनको नतिजा आइरहेका बेला सुनसरीमा भने अनौठाको परिणाम सार्वजनिक भएको छ ।

शनिबार बिहान प्राप्त यो परिणाममा सुनसरी जिल्लामा शेखर कोइरालाको अवस्था अत्यन्तै कमजोर देखिएको छ । उनका सहयोगी र भित्रियाहरुले एकपछि अर्काेगरी महाधिवेशन प्रतिनिधिको निर्वाचन हारेका समाचार आएका छन् । यस जिल्लामा शेरबहादुर देउवा पक्षका महाधिवेशन प्रतिनिधिहरु आइरहेका पनि समाचारमा जनाइएको छ ।

पछिल्लो पटक सुनसरी जिल्लाको क्षेत्र नं ३ बाट पूर्वमन्त्री हरिप्रसाद सापकोटा नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । पूर्व गृह राज्यमन्त्री सापकोटा सुनसरीमा शेखर कोइरालाका निकट मात्र होइनन् शेखरको राजनीतिक  व्यवस्थापनका भित्रिया पनि हुन् ।

त्यसैगरी सोही जिल्लाको सोही निर्वाचन क्षेत्रबाट गोपाल राजभण्डारीले पनि निर्वाचन हारेका छन् । उनी पनि सुनसरी जिल्लाका जिल्ला समन्वय समिति  संयोजक हुन् ।

उता हिजोमात्र शेखर कोइरालाकै प्रमुख प्रचारक पुरञ्जन आचार्यले पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए । उनी नेपाली काँग्रेसको निकट रहेर विश्लेषण गर्ने गर्दछन् र सधैँजसो नै शेरबहादुर देउवाको मात्र विरोध गर्ने गर्दछन् ।