१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदको गुनासो : सहरमा सरकार भेटियो गाउँमा भेटिएन



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले स्थानीय तहमा केन्द्रीय सरकारको उपस्थिति नभएको भन्दै विकास निर्माणको काम प्रभावित भएको गुनासो गरेका छन् ।

विगतमा केन्द्रीय सरकारको बजेटबाट अगाडि बढाइएका विकास निर्माण, खानेपानी तथा स्वास्थ्य तथा शिक्षाका योजना अलपत्र परेको भन्दै उहाँहरुले ती परियोजना स्थानीय तह र प्रदेश सरकारले समेत ध्यान नदिएकोमा आपत्ति जनाए ।

सांसद गोपालबहादुर बमले विगतमा योजना अलपत्र परेका कारण स्थानीय जनता समस्यामा परेकाले तत्काल विशेष ध्यान दिन सरकार र सदनको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद डा अमरेशकुमार सिंहले चिनी मिलले उखु क्रसिङ शुरु नगर्दा किसान मर्कामा परेको भन्दै तत्काल उखुको समर्थन मूल्य तोक्न र उखु क्रसिङ शुरु गराउन सरकारले पहल गर्नुपर्ने बताए ।

सांसद खगराज अधिकारीले मादी करिडोरको बजेट हराएको भन्दै खोजी गरिदिन सरकार र सदनको ध्यानकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “सो करिडोरको बजेट केन्द्र सरकारसँग पनि छैन, प्रदेशले पनि पाएको छैन । बजेट कहाँ गयो खोजी गरिपाउँ ।”

यस्तै केही सांसदले विकास निर्माणको कामको जिम्मा लिएका निर्माण व्यवसायीले अलपत्र पारेको भन्दै त्यस्ता व्यवसायीलाई कारवाही गर्न माग गरे । यसरी माग गर्ने सांसदहरुमा आशाकुमारी विक, गङ्गा चौधरी सत्गौवा, छविलाल विक लगायत थिए ।