१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’ का स्रष्टा लामिछाने



अ+ अ-

भक्तपुर । बिरामी भएर घरमै थला पर्नुभएका लोकगायक बुद्धिकृष्ण लामिछानेको आज मध्याह्न ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ ।

चाँगुनारायण नगरपालिका– ७ स्थित आफ्नै निवासमा लामो समयदेखि पक्षाघातलगायत विभिन्न रोगले थलिनुभएका लामिछानेको निधन भएको उहाँकी छोरी सम्झनाले जानकारी दिनुभयो ।

‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’।।।, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’।।।, ‘फाटेको दौरा लाएर, खोले सिस्नु खाएर’।।।।जस्ता जीवन्त गीतका गायक लामिछानेको पछिल्लो समय निमोनियाको समेत उपचार भइरहेको थियो । उहाँका श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ । रासस




भर्खरै