१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङे र चौधरीको सपथमा अल्झिदै सरकार, के सांसद बन्न पाउलान त अापराधिक पृष्ठभूमि भएका व्यक्ति ?



अ+ अ-

पोखरा । गुन्डा नाईके भनेर चिनिने राजीव गुरुङ ऊर्फ दीपक मनाङे सर्वोच्च अदालतको आदेशबाट थुनामुक्त भएसँगै उनलाई सपथ लिन दिने कि नदिने कुरामा बिबाद आउन थालेको छ ।

मनाङबाट निर्वाचित सांसद दिपक मनाङे थुना मुक्त हुन साथ सपथको चर्चा चुलिएको थियो । नभन्दै उनले आफुले सपथ लिन पाउनु पर्ने माग गर्दै बिहीबार गण्डकी प्रदेशसभामा सपथ ग्रहणको माग गर्दै निवेदन दिएका छन् ।

गएको मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट मनाङे स्वतन्त्र उम्मेदवारी दिएर तत्कालीन एमालेको समर्थनमा निर्वाचित भएका थिए । त्यस्तै अर्का अपराधिक पृष्ठभूमि भएका रेशम चौधरी पनि हाल थुनामा रहेका छन् । उनि पनि राजपाबाट निर्वाचित संसद हुन ।

चौधरीलाई छुटाउन राजपाले जोड गरेपनि हाल उनि थुनामै रहेका छन् । अपराधि रेशम चौधरी र गुण्डा नाइकेको पृष्ठभूमि बनाएका मनाङे सांसद पदमा बिजेता त बने तर ज्यान मार्ने उद्योगमा प्रहरीको खोजी सूचीमा परेपछि दुबै सपथ नलिई फरार बनेका थिए । पछि दुबैले आत्मा सर्मपण गरेका थिए ।




भर्खरै