६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रद्वारा वृद्धवृद्धा तथा बालबालिकाको उद्धार शुरु



अ+ अ-

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा रहेका असहाय वृद्धवृद्धा तथा बालबालिकाको उद्धार शुरु गरिएको छ ।

नेपालगञ्जस्थित नीलसागर वृद्ध तथा असहाय सेवा केन्द्रले कोहलपुर क्षेत्रको फुटपाथमा रहेका, माग्दै हिँड्ने वृद्धवृद्धा तथा बालबालिकाको हिजोबाट उद्धार शुरु गरेको हो । एक साताभित्र सबैको उद्धार गरी सक्ने केन्द्रका सचिव नारायण सुवेदीले बताउनुभयो ।

नगरपालिकाको सम्झनाचोक, मदनचोक र हवलदारपुरबाट उद्धारको काम शुरु गरिएको छ । यसअघि पनि नीलसागरले कोहलपुर क्षेत्रबाट १२ जना असहायको उद्धार गरी आश्रममा राखेको केन्द्रका अध्यक्ष सरिता खनालले बताउनुभयो । सो केन्द्रमा अहिले ४० भन्दा बढी असहाय वृद्धवृद्धा तथा बालबालिकाले आश्रय लिइरहेका छन् ।

यसैबीच प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नीलसागर केन्द्रको निरीक्षण गरी प्रदेश सरकारबाट हुने सबैखाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले केन्द्रको नेपालगञ्ज फुलटेक्रामा निर्माण हुने योजनाको ३० कोठे पक्की भवनका लागि प्रदेश सरकारका तर्पmबाट सहयोग गरिने आश्वासन दिनुभयो । त्यस अवसरमा केन्द्रका अध्यक्ष खनालले आश्रमबाट सञ्चालित गतिविधिका बारेमा मुख्यमन्त्री पोखरेललाई जानकारी गराउनुभएको थियो । रासस