१५ आश्विन २०८१, मंगलवार
,
Latest
बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर) विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता मन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्री भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको आग्रह: पार्टी एकतालाई बिथोल्ने गरी अस्वस्थ प्रतिस्पर्धा नगरौं



अ+ अ-

चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई बिथोल्ने गरी अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गर्नुभएको छ । पार्टीको १० औं महाधिवेशन अन्तरगत बन्द सत्रलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एकजना मात्रैको अस्वस्थ व्यवहारले सिंगै पार्टीको छविमा आँच आउने बताउनुभयो ।

उहाँले भन्नुभयो, "लोकतान्त्रिक अभ्यासलाई प्रतिस्पर्धाका रुपमा मात्रै बुझ्न हुँदैन, कसै न कसैले कुनै न कुनै जिम्मेवारी सम्हाल्नैपर्छ । तर, आफ्नो महत्वाकांक्षालाई लिएर अस्वस्थ प्रतिस्पर्धा नगरौं । प्रतिस्पर्धाले संस्थालाई नोक्सानी पुर्याउने काम नगरौं । पार्टीको एकतामा प्रतिकूल असर पार्ने कामहरु नगरौं ।"

बन्द सत्रमै ओलीले भन्नुभयो, "फेरि पनि पालो आउँछ। हामीसँग सानो भए पनि देश छ । यत्रा पालिकाहरु छन् । प्रदेशसभा छन् । प्रतिनिधिसभा छ, राष्ट्रिय सभा छ। अनेक शाखा, टोलदेखि केन्द्रीय कमिटीसम्म विभिन्न ठाउँहरु छन् । अहिले नभए अर्को समय आउँछ । हतारोका साथ प्रतिस्पर्धा नगरौं । लोकतान्त्रिक अभ्यास भनेको प्रतिस्पर्धा मात्र होइन । यतिबेला सिंगो देशले हामीलाई हेरिरहेको छ ।"

महाधिवेशनमा सहभागी प्रतिनिधिलाई ओलीले भन्नुभयो, "पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै पनि क्रियाकलाप नगरौं । अध्यक्ष ओलीले नेता कार्यकर्ताले बुझेर वा नबुझेर नीति र विचार छैन भने पनि अब त्यसो नगरौं ।"

बन्द सत्र भइरहेको सौराहामा आजै केही कार्यकर्ताले प्रतिस्पर्धाका आधारमा नभइ सहमतिमै नेतृत्व छान्नुपर्ने भन्दै नाराबाजी पनि गरेका थिए ।