२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्यौलताका बीच कङ्गोमा मतदान



अ+ अ-

किन्शास । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा अन्यौलता र विबादका बीच आइतबार मतदान भएको छ ।

निर्वाचन स्थगित गरेर पछाडी सार्ने की डिसेम्बर ३० आजकै दिन गर्ने भन्ने बारेमा अन्यौलताका बीच मतदान भएको हो ।
आफ्नो भविष्य निर्धारण गर्न देशभरी ठूलो संख्यामा मतदाताहरु मतदानमा सहभागी भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

राष्ट्रपति सोजेफ काबिलाको कार्यकाल सकिएकाले नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनका क्रममा केही हिंसात्मक घटनाहरु भएका थिए ।

यसअघि तय गरेको निर्वाचन पछाडि सारिएकाले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा विपक्षीहरुले आशङ्का गरेका छन् ।
संयुक्त राष्ट्रसंघले यसअघि तय गरिएको निर्वाचनको वातावरण, स्वच्छता र निष्पक्षतामा प्रश्न उठाएपछि निर्वाचन पछाडी सरेर अहिले भएको हो ।

राष्ट्रपति काबिलाले भने निर्वाचन निष्पक्ष र स्वतन्त्र हुनेमा आशङ्का नगर्न आह्वान गर्दै निर्वाचनमा सक्रिय सहभागी हुन सवैलाई आग्रह गर्नु भएको छ ।
राष्ट्रपति काबिला विगत १७ बर्षदेखि लोकतान्त्रिक गणतन्त्र कङ्गोको राष्ट्रपतिको रुपमा रहनु भएको छ ।