३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइडबडीमा अनियमितता भएको संसदीय उपसमितिको ठहर, प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी



अ+ अ-

काठमाडौं । संसदीय उपसमितिले वाइडबडी बिमान खरिद गर्दा चरम अनियमितता भएको ठहर गरेको छ । नेपाल वायुसेवा निगमले भित्र्याएको वाइडबडी विमान खरिद प्रकरणका विषयमा छानविन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन सो कुरा उल्लेख गरेको हो ।

सार्वजनिक लेखा समितिले तयार पारेको प्रतिवेदन अनुसार बिमानको पार्टपुर्जामा पनि अनियमितता भएको जनाएको छ ।
छानबिन गर्न गठित टोलिले पाएको १५ दिनको समयसीमा नै उपसमितिले प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । प्रतिवेदनलाई अन्तिम रुप दिएको र चाडै लेखा समितिमा बुझाइने समितिका संयोजक राजेन्द्र केसीले जानकारी दिए ।

केसीका अनुसार अब बस्ने बैठकमा लेखा समितिले तयार पारेको प्रतिवेदन बुझाउने छ । सांसद केसीको भनाईलाई आधार मान्दा जहाज खरिद प्रकरणमा अनियमितता भएको उपसमितिले ठहर गरे कुरा बुझिन्छ । उपसमितिले विभागीय मन्त्री, सचिव, वायुसेवा निगमका अधिकारी, पूर्वमन्त्री साथै महालेखा परीक्षकको कार्यालयका अधिकारीहरुसँग समेत छलफल गरेको थियो ।

समितिकै सदस्य एवं नेकपा सांसद प्रेम आलेले जहाज खरिद प्रकरणमा अनियमितता भएको छैन भन्न सकिने ठाउँ कहिकतै नभेटिएको बताए ।