२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदस्यसचिव पराजुलीद्वारा पदबहाली



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सहकारी विकास बोर्डका सदस्यसचिव चक्रबहादुर पराजुलीले बोर्डको उद्देश्य परिपूर्तिका लागि यस क्षेत्रमा देखिएका व्यावहारिक कठिनाइ चिर्ने बताउनुभएको छ ।

उहाँले आज पदबहालीपछि आयोजित स्वागत कार्यक्रममा बोर्डको दायरा फराकिलो बनाउन, स्तरोन्नति र आर्थिकस्तर वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले बोर्डलाई राज्यको पुनः संरचनाअनुसार लैजान पहल गर्ने बताउनुभयो ।

तत्कालीन नेकपा (एमाले) को केन्द्रीय अनुशासन आयोगका सदस्यसमेत रहनुभएका पराजुलीलाई मन्त्रिपरिषद्को यही पुस ६ गतेको बैठकले चार वर्षका लागि सदस्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । सदस्यसचिव पराजुलीसँग यसअघि शिक्षण र समाजसेवाका रूपमा पनि लामो समय काम गरेको अनुभव छ । रासस