३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गुरु पत्रकार’को चौरासी जमघट



अ+ अ-

काठमाडौँ । नेपालका अग्रज पत्रकारमध्येका एक गोकुलप्रसाद पोखरेलले एक हजार पूर्णचन्द्र दर्शन गरेका अवसरमा उहाँको परिवारबाट आज विशेष कार्यक्रम आयोजना गरिएको छ । समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत पत्रकारिता क्षेत्रका विशिष्ट महानुभावले पोखरेल दम्पतीको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्नुभयो ।

सो अवसरमा गुरु पत्रकार पोखरेलले आफूजस्तैे सबैले एक हजार पूर्णचन्द्र देख्न पाऊन् भन्ने कामना गरिरहेको बताउनुभयो । पोखरेल ‘गोरखापत्र’का प्रधानसम्पादक हुँदा ‘गोरखापत्र’ प्रवेश गरेका वरिष्ठ पत्रकार धुवहरि अधिकारीले उहाँलाई वरिष्ठ पत्रकार मात्र भनेर नपुग्ने बताउँदै उहाँलाई गुरु पत्रकारको संज्ञा दिनुभयो ।

पोखरेल विसं २०१९ मा राष्ट्रिय समाचार समितिको प्रधानसम्पादक र त्यसपछि कामु महाप्रबन्धक रहनुभयो । त्यसपछि ‘द राइजिङ नेपाल’ तथा ‘गोरखापत्र’ दैनिकको एशोसियट एडिटर हुँदै पोखरेलले २०३६ सालपछिका चार वर्षसम्म ‘गोरखापत्र’ दैनिकको प्रधानसम्पादक भई काम गर्नुभएको थियो ।

पत्रकारलाई तालीम दिने संस्था नेपाल प्रेस इन्स्टिच्यूटका संस्थापक सदस्य र अध्यक्षसमेत रहनुभएका पोखरेल केही समय ‘मुना’ नेपाली पत्रिकाको प्रधानसम्पादकसमेत रहनुभयो । वृद्ध उमेरमा ती जिम्मेवारीबाट अलग रहँदा पनि उहाँ मिडिया परामर्शदाताका रुपमा क्रियाशील रहनुभएको छ । उहाँलाई शुभकामना व्यक्त गर्न राससका कार्यकारी अध्यक्ष श्यामल तथा महाप्रबन्धक ओपेन्द्र शर्मा पनि समारोहमा पुग्नुभएको थियो ।
रासस