१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर यस कारण चिसो बढ्दै



अ+ अ-

काठमाडौं। वायुमण्डलको माथिल्लो भेग हुँदै तीब्र गतिमा बहने वायुको मुस्लो ‘जेटस्ट्रिम’ र जमिनको सतह भएर बहने पश्चिमी वायुको दोहोरो प्रभावले मुलुकभरको तापक्रम घटेको छ ।

जेटस्ट्रिम र भारतको उत्तर–पश्चिमी भेग हुँदै भित्रिएको पश्चिमी वायुको दोहोरो असरले अधिकांश भेगको तापक्रम घटाएको हो । भारतीय भूमिबाट चीनको तिब्बतर्फ बहने तीब्र गतिको यूरोपेली वायु नेपालकै भू–भाग भएर बहँदा त्यसको प्रत्यक्ष÷अप्रत्यक्ष असरले अहिले चिसो बढाएको बरिष्ठ मौसमविद् मणिरत्न शाक्यले बताउनुभयो ।

पृथ्वीको सतहबाट करिव १० किमी उचाईबाट जेटस्ट्रिम तिब्बतर्फ बहने बताउँदै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘२÷३ सय मिटर प्रतिसेकेन्डका दरले यस्तो वायु ‘मुभ’ हुन्छ, त्यसको प्रत्यक्ष असर तिब्बतीतर्फ पर्छ तर धेरथोर प्रभाव नेपालमा समेत पर्छ ।’ बाह्रैमास सक्रिय रहने जेटस्ट्रिम गर्मीयाममा १४÷१५ किमी उचाई माथि र हिउँदयाममा २÷४ किमीतलबाट बहने गरेको शाक्यले प्रष्ट्याउनुभयो ।

भौगोलिक अवस्थिती अनुसार जेटस्ट्रिमको असर पनि फरक पर्ने उहाँको भनाई छ । यससँगै जमिनको सतह भएर भित्रिने यूरोपेली वायुले हिमालय शृंखलालाई छोएर अन्यत्र फैलिँदा समेत चिसो बढेको मौसमविद्हरुको ठहर छ । हिउँदयाममा टर्की, सिरिया, अफगानिस्तान, पाकिस्तान, भारत, नेपालको पश्चिमी भेगबाट भित्रिने यूरोपेली वायु मुलुकको पूर्वी भेगहुँदै बंगलादेश तर्फ फैलिने गर्छ ।

दिन छोटो हुँदा पर्याप्त जमिन नतात्ने र हिमालय श्रृंखलालाई छोएर बहने पश्चिमी वायुको प्रभावले अधिकतम तापक्रम घटेपछि चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेल बताउनुहुन्छ । ‘हिउँदको दिन त्यसैपनि छोटो हुन्छ, घाम पर्याप्त लाग्दैन, यही बेला जेटस्ट्रिम र पश्चिमी वायुको दोहोरो असर पनि पर्ने भएकाले तापक्रम निकै घट्ने गर्छ’–उहाँले भन्नुभयो ।

मध्य हिउँद अझै बाँकी भएकाले तत्काल तापक्रममा सुधार आउने संभावना नरहेको पौडेलको ठहर छ । ‘अंग्रेजी महिनाको डिसेम्बर अन्तिम साता र जनवरीको दोस्रो सातासम्म अघिपछिको समय भन्दा चिसो केही बढी नै हुन्छ’–उहाँले प्रष्ट्याउँदै भन्नुभयो । महाशाखाका अनुसार आइतवार काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस छ भने जुम्लाको माइनस ७ छ ।

त्यसैगरी जिरी माइनस ३ दशमलव २, जोमसोम माइनस १ दशमव ५, दीपायल १, विरेन्द्रनगर २, डडेलधुरा, ताप्लेजुङ र लुम्लेको २ दशमलव ५, धनगढीको ३ र सिमराको ३ दशमलव ५ डिग्री मापन भएको छ । जनकपुर, ओखलढुंगा, भैरहवा, पोखरा, दाङ, नेपालगञ्ज र धनगढीको न्यूनतम तापक्रम पनि ५ डिग्री भन्दा कम रेकर्ड भएको महाशाखाको तथ्यांक छ । समाचार नेपाल समाचारपत्रमा छ ।




भर्खरै