२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा बन्धक बनाइएका नेपाली ३ दिनपछि मुक्त



अ+ अ-

कैलाली । साझेदारी व्यवसायमा देखिएको मतभेदको रिस फेर्न अपहरण गरेका एक नेपाली अपहरणमुक्त भएका छन् । बझाङबाट अपहरण गरि भारत पुर्‍याइएका एक नेपाली ३ दिन पछि अपहरणमुक्त भएका हुन् ।

आफ्नै व्यबसायीक पाटनर रेहाना खाँबाट अपहरणमा परेका दुर्गाथली गाउँपालिका–४, बझाङका २६ वर्षीय धनराज जोशीमुक्तलाइ भारत उत्तर प्रदेशको खिरीस्थित पालियाकाबाट अपहरण मूकत बनाइएको हो ।

पालियाका ५० वर्षीय खाँसँगको साझेदारीमा स्काभेटर सञ्चालन गर्दै आएका जोशीलाई खाँले घुम्न जाने भन्दै पालिया पुर्‍याएका थिए । र मतभेदको रिस फेर्न जोशीलाई आफ्नै घरमा बन्धक बनाएर राखेका थिए ।

अपहरणमा परेका जोशीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँगको समन्वयमा सशस्त्र प्रहरीले आइतबार अपहरणमुक्त गराएको हो ।