३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग किनेको रेलमा राष्ट्रिय झन्डा फरफराउँदै पूर्व–पश्चिम कुदाउछु : मन्त्री महासेठ



अ+ अ-

काठमाडौँ । यातायातमन्त्री रघुवीर महासेठले अबको तीन महिनामा जनकपुर–जयनगर खण्ड (३५ किमि) मा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताएका छन् ।

यातायात मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा महासेठले आफ्नै दुईवटा रेल किन्न भारत सरकारसँगको अन्तिम तयारी पुरा भैसकेको जानकारी दिए ।

नेपालले भारतसँग दुइटै रेल  एकैचोटि खरिद गर्ने र त्यसका लागि भारत सरकारबाट रेलको ’स्पेसिफिकेसन’ आइसकेको र टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको महासेठले बताए ।टेन्डर प्रक्रिया र खरिद प्रक्रियामा अबरोध नआए अबको तीन महिनाभित्र एक वटा त्यसको एक महिनापछि अर्के रेल आउने महासेठले जनाएका हुन् ।

हाल साइकलको गतिमा कुद्ने रेल अब प्रतिघण्टा सय किमि गतिमा कुद्ने क्षमताको ल्याउन लागेको महासेठले बताएका हुने । महासेठका अनुसार एउटा रेल खरिद गर्न करिब ५० करोड लाग्छ । ५/५ डिब्बाका दुवै रेल आधुनिक हुनेछन् । एक पटकमा एउटा रेलले १२ सय यात्रु बोक्नेछ । हाल जनकपुर–जयनगर खण्डमा मालवाहक रेल मात्र गुड्छ ।

रेल वे ट्याकको काम हाल ९५ प्रतिशत भइसकेले जनकपुर–जयनगर–कुर्था रेलसेवा केही महिनाभित्रै सुरु गरिँदै छ ।