१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोटेश्वर–कलङ्की सडकखण्डमा चार पुल निर्माण



अ+ अ-

ललितपुर । कोटेश्वर कलङ्की सडकखण्डमा चारवटा पुल निर्माण गर्न थालिएको छ । सडक निर्माण सक्नु पहिले नै सडक विभागले सात वटा पुल निर्माण गर्ने तयारी भएकामा चार स्थानमा काम धमाधम भइरहेको काठमाडौँ चक्रपथ सडक योजनाका इञ्जिनीयर नीरञ्जन शर्मा अर्यालले बताउनुभयो ।

अन्य तीन स्थानमा भने ठेक्का सम्झौता भइसके पनि काम शुरु हुन बाँकी छ । पुल निर्माण गर्ने भनिएको एक स्थानमा भने अहिलेसम्म ठेक्का सम्झौता भइसकेको छैन । उहाँले भन्नुभयो, “नेपाल सरकारले निर्माण गर्ने सात स्थानमध्ये खसीबजारमा ठेक्का सम्झौता हुन बाँकी हो ।”

तीन स्थानमा आकाशे पुल सडक निर्माण निर्माण कम्पनी आफैँले गर्ने सम्झौतामा उल्लेख थियो तर यो सडकखण्डका धेरै स्थानमा बाटो काट्न सजिलो नभएकाले सरकारले थप पुल निर्माण शुरु गरेको इञ्जिनीयर शर्माले बताउनुभयो । सडक निर्माण तोकिएको मिति मङ्सिर मसान्तमा नै सकिएको छ । एक वर्षसम्म सडकमा कुनै पनि खालका समस्या आउँदा निर्माण कम्पनी आफैँले काम गर्ने गरी ‘मर्मत अवधि’ शुरु भएको छ ।
रासस




भर्खरै