१४ असार २०८३, आईतवार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको बन्दसत्र सुरु हुँदै, अध्यक्ष ओलीले नाम प्रस्ताव गर्ने



अ+ अ-

सौराहा । नेकपा एमालेको चितवनमा जारी दशौं महाधिवेशन अन्तरगतको बन्द सत्र १० बजे सुरू हुँदैछ। शनिबार ढिलो गरी सुरु भएको बन्दसत्रले पदाधिकारी र केन्द्रीय कमिटीमा राख्ने सदस्यको नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो ।

आजको बन्दसत्रमा अध्यक्ष ओलीले नाम प्रस्तुत गर्ने तयारी गर्नु भएको छ । स्रोतका अनुसार अध्यक्षमा केपी ओलीले नै निरन्तरता पाउनु हुनेछ भने वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपाध्यक्षहरुमा सुवास नेवाङ ,रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुसालको नाम प्रस्ताव गर्ने तयारी रहेको छ ।

महासचिवमा विष्णु पौडेल तथा उपमहासचिवमा शंकर पोखरेल, प्रदीप ज्ञावली र पृथ्वी सुब्बा गुरुङको नाम प्रस्ताव हुन सक्ने स्रोतले जनायो ।

यसैगरी सचिवमा गोकर्ण बिष्ट, योगेश भट्टराई, टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु साह मध्ये २ र रघुबिर महासेठको नाम प्रस्ताव हुन सक्छ ।  तर आफ्नै समूहका नेताहरूले एउटै पदमा दाबी गरेपछि ओली अप्ठ्यारोमा पर्नु भएको छ ।  ओलीलाई अधिकार दिइएकोमा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले असन्तुष्टि जनाउनु भएको छ ।

अर्का वरिष्ठ नेता सुवास नेम्बाङका व्यवस्थापनका बारेमा कुनै निष्कर्ष निस्किएको छैन । उहाँलाइ आगामी निर्वाचन पछि मुलुकको राष्ट्रपति बनाउने हल्ला चले पनि स्वयं नेम्बाङले त्यस्तो सहमति नभएको भन्दै खण्डन गर्नु भएको छ । उहाँले आफ्नो दाबी वरिष्ठ उपाध्यक्षमा रहेको बताउँदै आउनु भएको थियो । तर यस पदमा इश्वर पोखरेलको पनि दाबी छ ।