३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले कर्मचारीलाई नियन्त्रणमा राखेर तानाशाही व्यवहार देखायो: देउवा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा नेतृत्वको सरकारले कर्मचारीलाई पार्टीको नियन्त्रणमा राख्न खोजेको आरोप लगाएका छन् ।

मेलमिलाप दिवसको अवसरमा आज नेपाली कांग्रेसले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले कर्मचारीमाथि नियन्त्रण गरेर देश चलाउनु सरकार अधिनायकवाद तिर लागेको भान हुने बताएका छन् । उनले सरकार तानाशाही तिर जान खेजेको भन्दै चिन्ता समेत ब्यक्त गरेका हुन् ।

त्यसैगरी उनले पुलिस र सेनामा हस्तक्षेप नेकपाले गरेको र न्युट्रल ब्युराक्रेसी कायम गर्न नसकेको आरोप लगाएका हुन् । उनले यसरी सबै कर्मचारी माथि हस्तक्षेप गर्नु अधिनायकवादी सोचको सुरुवात भएको जनाएका छन् ।

हालको केपि सरकारले लोकतन्त्रविरोधी काम गरिरहेको भन्दै देउवाले आफूहरु अहिले पनि मेलमिलापको पक्षमा रहेको बताए । ‘मेलमिलाप नीतिमा कांग्रेस हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ’ उनले भने ‘हामी मेलमिलाप चाहन्छौं । तर सरकार तानाशाही व्यवहार देखाउँदैछ ।’

महासमिति बैठकले पारित गरेको नयाँ विधानअनुसार नेपाली कांग्रेस पूर्ण समावेशी पार्टी बनेको बताउँदै उनले अब महिला, दलित, आदिबासी लगायत उत्पीडित क्षेत्रको सदस्यता बढाउनुपर्ने बताए ।