३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुलनजिकै हवाई कारबाहीमा २५ तालिबान लडाकू मारिए



अ+ अ-

काबुल । अफगानिस्तानको राजधानी काबुलबाट करिब ३५ किलोमिटर पश्चिममा रहेको पूर्वी प्रान्त वार्दाकमा अफगान हवाई सुरक्षा अधिकारीहरुले गरेको हवाई कारबाहीमा परी कम्तीमा २५ तालिबान लडाकू मारिएका छन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयले सोमबार सो जानकारी दिएको समाचारमा जनाइएको छ ।

वार्दाक प्रान्तको सेयेद अबाद जिल्लामा आइतबार भएको हवाई कारबाहीको क्रममा २५ लडाकू मारिएका मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीमा परी विभिन्न चार प्रदेशका स्थानीय तालिबान कमाण्डर मारिएका पनि जारी विज्ञप्तिमा जनाइएको छ । हवाई कारबाहीको क्रममा सो लडाकू समूहका छ सवारी साधन र तीन मोटरसाइकल पनि ध्वस्त भएको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीको तालिबान लडाकू समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।

रासस