३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कादर खानको निधनको खबर झुटो



अ+ अ-

बलिउड अभिनेता कादर खानको निधनको खबर सामाजिक सञ्जालमा फैलिएको छ । तर, उनका छोरा सर्फराजले भने खानको यतिबेला क्यानाडामा उपचार भइरहेको छ ।

पिटिआईसँग कुरा गर्दै उनले भने, ‘उनको निधनको खबर झुठो । यो हल्ला मात्र हो । बुवा अस्पतालमा हुनुहुन्छ ।’

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सामान्य भेन्टिलेटरबाट बिआईपीएपी भेन्टिलेटरमा सारिएको छ ।

टाइम्स अफ इन्डियाको एक रिपोर्टमा खानलाई प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी नामक रोग लागेको छ जसले गर्दा उनलाई हिँडडुल गर्न र ब्यालेन्स बनाउन अफ्ठयारो हुन्छ ।

खानको निधनको हल्लाको शिकार बलिउड अभिनेताहरु पनि बनेका छन् । अर्सद वारसीले ट्वीटरमा खानप्रति समवेदन प्रकट गरेका थिए ।

अफगानिस्तानको काबुलमा जन्मिएका खानले सन् १९७३ मा राजेश खन्ना अभिनित दागबाट बलिउडमा डेब्यु गरेका थिए । उनले बलिउडमा ३ सयभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् ।

अभिनेतामात्र नभएर उनी सफल संवाद तथा स्क्रिनप्ले लेखक पनि थिए । उनले २५० भन्दा बढी चलचित्रमा संवाद लेखेका छन् भने प्रकाश मेहरा र मनमोहन देसाईसँग मिलेर स्क्रिनप्ले पनि तयार गरेका छन् । एजेन्सी