२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र दाहाल पाइलट रहेको नेकपाको जहाज दुर्घटनामा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुसँग गणतान्त्रिक मूल्य-मान्यता नरहेको टिप्पणी गरेका छन्। ‘यो आरोप होइन, सत्य हो’, थापाले सोमबार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने।

नेता थापाले नेकपाको जहाज पनि दुर्घटना पर्ने बताए। ‘नेपाल कम्युनिस्ट पार्टीको जेट चलाउने दुइटा पाइलट हुनुहुन्छ। दुईटा पाइलटमध्ये एउटालाई संघीयता मनै पर्दैन।

अर्को पाइलटले अस्ती संसदमा उद्घोष गर्नुभयो मलाई लोकतन्त्र मन पर्दैन’, गगनले भने, ‘इन्जिन गणतन्त्रको छ, इन्जिन चल्दै चल्दैन। दुइटा पाइलट हुनुहुन्छ, एउटालाई संघीयता मन पर्दैन र अर्कोलाई लोकतन्त्र मन पर्दैन। उहाँहरुलाई यसैगरी चलाउन दिइराख्यो भने यो प्लेन दुर्घटनामा पर्छ।’ यो खबर नागरिक दैनिकमा छ।