१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सयौ नागरिकहरुलाई न्यानो कपडा वितरण



अ+ अ-

काठमाडौं । लायन्स क्लब अफ लर्ड बुद्धले उदयपुरको शंकरदेब स्कुलमा स्यानीय तामान मगर बस्तीका २ सय ५० घरधुरीका सात सय भन्दा बढी मगर , तामान समुदायका नागरिकहरुलाई न्यानो कपडा हस्तान्तरण गरेको छ ।
स्थानीय जनप्रतिनिधि , नागरिक समाज , शिक्षक शिक्षिका लगायत ५ सय जनाको सहभागितामा गरिएको न्यानो कपडा हस्तान्तरणबाट स्थानीय समुदाय निकै खुशी भएका छन । गरीबीको रेखामुनी रहेका बृद्ध बुद्धा बालबालिका हर्षले भाबबिह्वल भएका थिए ।

सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दे लायन्स क्लब अफ लायन्स क्लब , लियो क्लबले गरेको सहयोगका कारण स्थानीय बासिन्दाले अन्य समस्या पनि समाधान गरिदिन क्लब समक्ष आग्रह गरेका थिए ।

क्लबका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले क्लबले स्वास्थ्य शिविर , रक्तदान , असहाय दीन दुखीलाई आफै आफै रकम संकलन गरेर सहयोग गर्ने गरेकोले अन्य समस्या राज्यका जिम्मेबार निकाय समक्ष पुरयाइदिने प्रतिबद्धता ब्बक्त गर्नुभएको थियो ।

त्यस अघि क्लबले गुल्मीमा बृहत स्वास्थ्य शिबिर संचालन गरी २ हजार २ सय लाई उपचार गरेको थियो भने दोलखामा संचालन भएको स्वास्थ्य शिविरबाट ५ सय जनाले उपचार पाएका थिए । स्वास्थ्य शिविरका लागि गंगालाल , भरोष अस्पताल , सशस्त्र प्रहरी बल लगायतले चिकित्सक उपलब्ध गराएर सहयोग गरेको अध्यक्ष भण्डारीले जानकारी गराउनुभएको छ ।

लायन्सक्लबहरुमा राम्रो काम गर्ने लायन्स क्लब लर्डबुद्धलाई तनहुमा केही समय अगाडि भएको क्याबिनेट बैठकले सम्मान समेत गरेको थियो । समाचार नेपाल समाचारपत्रमा छ ।