१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा परमाणु हतियार निर्माणको बहस, कसलाई सक्काउने खेल?



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विधेयक, २०७५’ प्रस्तुत गरेका छन् । विधेयक प्रस्तुत गर्नुहुँदै मन्त्री पोखरेलले सरकारले अन्तर्राष्ट्रियरूपमा गरेका प्रतिबद्धता कार्यान्वयन गरी विकसित प्रविधिका माध्यमबाट समृद्धिको लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताए ।

विधेयकमाथि विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्नुहुँदै सांसद प्रेम सुवालले कम्पनी र व्यक्ति विशेषलाई हतियार उत्पादन गर्न दिन नहुने बताएका थिए । सांसद सुवालको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी, आजै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सदन समक्ष प्रस्ताव गर्नुभएको ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक,२०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।