१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायण गोपाल युवा सङ्गीत पुरस्कार सङ्गीतकार जङ्गमलाई



अ+ अ-

काठमाडौँ । यो वर्षको ‘नारायणगोपाल युवा सङ्गीत पुरस्कर’ युवा गायक तथा सङ्गीतकार अजर जङ्गमलाई प्रदान गरिने भएको छ ।

पुरस्कार छनोट समितिका अध्यक्ष एवं वरिष्ठ गीतकार विश्व बल्लभको अध्यक्षतामा बसेको बैठकले जङ्गमलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवा सेवा कोषका अध्यक्ष भीमबहादुर अधिकारीले बताउनुभयो । सो पुरस्कारको राशि रु ४० हजार, स्वर्णपदक र प्रमाणपत्र रहेको छ ।

यस्तै ‘अरनिको युवा कला पुरस्कार’ यो वर्ष युवा कलाकारद्वय समुद्रमान श्रेष्ठ र सुन्दर लामालाई संयुक्तरूपमा प्रदान गरिने कोषले जनाएको छ । उक्त पुरस्कारको राशि संयुक्तरूपमा रु ५० हजार, स्वर्णपदक र प्रमाणपत्र रहेको छ ।

कोषद्वारा विसं २०४८ मा स्थापित ‘नारायण गोपाल युवा सङ्गीत पुरस्कार’ विविध साङ्गीतिक विधामा निरन्तर सक्रिय रहँदै सङ्गीत, गायनका कलात्मकता एवं सिर्जनशीलताको श्रीवृद्धिमा मुलुकको मौलिक, सांस्कृतिक प्रवृत्तिमा प्रतिबद्ध रही योगदान पु¥याउने ४० वर्ष ननाघेका युवा गायक तथा सङ्गीतकारलाई प्रदान गरिँदै आइएको छ ।

कोषले राष्ट्रिय विभूति अरनिकोको स्मृति एवं सम्मानको साथै कलाको संरक्षण र विकासमा प्रोत्साहन गर्न २०५७ सालमा ‘अरनिको युवा कला पुरस्कार’ स्थापना गरेको थियो ।

रासस