१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६औंं अनशन बस्न डाक्टर के.सी ईलाममा



अ+ अ-

ईलाम ।वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी १६औंं अनशन बस्ने तयारी गर्दै इलाम आएका छन्। तर, उनी कहाँ र कहिलेदेखि अनशन बस्ने भन्ने केही टुंगो लागेको छैन।

सरकारसँग भएको सहमति यही पुस १७ (मंगलबार) सम्ममा पूरा गर्ने अल्टिमेटम थियो। जुम्लामा १५औं अनशन २७ दिन बसेका डा.केसीलाई काठमाडौं पुर्याइएपछि गत साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो। तर, लामो समय माग पूरा नभएपछि १६औं अनशनको चेतावनी दिएका डा.केसीलाई संसदीय समितिले केही दिन पर्खन भनेपछि उनले यही पुस १७ को अल्टिमेटम दिएका थिए।

मंगलबार रातिसम्म पनि माग पूरा नभए उनी इलाममै अनशन बस्ने तयारीमा रहेको डा.केसी निकट स्रोतले बतायो। ‘अस्पतालमा अनशन बस्दा चाहिँ बिरामीलाई असर पर्ला भनेर अन्तै बस्ने हो कि भन्नेसम्मको कुरा डा।केसीसँग भएको छ,’ स्रोतले भन्यो, ‘तर, हामीलाई अनशन नै बस्ने कि नबस्ने र कहिलेदेखि बस्ने भन्ने केही स्पष्ट भन्नुभएको छैन।’

आउँदो २० गते प्रधानमन्त्री केपी शर्मा ओली पाँचथर र भोलिपल्ट इलाम सदरमुकाममा नागरिक अभिनन्दनका लागि आउने तयारी छ। प्रधानमन्त्री पूर्व आएका बेला डा.केसी पनि इलाममै अनशन बस्न लागेको हुनसक्ने आँकलन गरिएको छ। तर, केसी समर्थक डा. जीवन क्षेत्रीले डा.केसी इलाम पुगेको जानकारी आफूलाई भएपनि अर्को चरणको अनसन बस्ने या नबस्ने भन्ने सूचना नभएको बताए। ‘डा। केसी एक्लै इलाम पुग्नुभएको छ भन्ने थाहा छ तर अनशनको तयारी हो या होइन भन्ने यकिन छैन,’ क्षेत्रीले भने, ‘हामीसँग अनशनबारे कुरा भएको छैन।’

क्षेत्रीले संसदीय समितिमा मंगलबार चिकित्सा शिक्षा विधेयकमा छलफल भएको र बुधबार पुनः छलफल हुने, विधेयक संधोधनको माग पूरा नभए डा।केसी अनशन बस्ने सम्भावना रहने बताए। ‘आज (मंगलबार) सम्म डा.केसीले केही भन्नुभएको छैन, अब अरू भोलि नै थाहा हुन्छ,’ उनले भने।

डा.केसी मंगलबार दिउँसो इलाम अस्पताल पुगेका थिए। उनी साँझसम्म जिल्लाका नागरिक अगुवा र स्वास्थ्यकर्मीहरूसँगै थिए। ‘डा.केसी दिउँसो अस्पताल आउनुभएको थियो, अहिले पनि हामीसँगै हुनुहुन्छ,’ इलाम अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.पवनजंग रायमाझीले साँझ भने, ‘के कार्यक्रमका लागि इलाम आउनुभएको भनेर सोध्दा डा.केसीले केही जवाफ दिनुभएन।’ नागरिक दैनिकवाट