१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बालबालिकाको सुरक्षामा अभिभावक मुख्य जिम्मेवार’



अ+ अ-

साँखु । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक तथा महानगरीय प्रहरी कार्यालयका प्रमुख शैलेश थापाले बालबालिकाको सुरक्षामा अभिभावक मुख्य जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

मङ्गलबार समुदाय प्रहरी साझेदारी वडा समिति बुढानिलकण्ठ नगरपालिका–१२ र विद्यालय प्रहरी साझेदारी समन्वय समिति प्रशान्ति एकेडेमी कपनको आयोजनामा भएको जनचेतना कार्यक्रममा उहाँले विगतका अपहरणलगायतको घटनाको जानकारी दिँदै अभिभावक सचेत हुनुपर्ने बताउनुभयो । “बालबाललिका विद्यालयबाट समयमा घर आउँछन्, आउँदैनन्, के–कस्ता साथीसङ्गतमा छन्, अभिभावकले चासो दिनुपर्छ,” थापाले भन्नुभयो ।

‘हरप्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ नाराका साथ केन्द्रदेखि गाउँ र टोलसम्म सञ्चालन हुने उक्त कार्यक्रमले नागरिक र प्रहरीबीचको सहकार्य तथा समझदारीबाट मात्रै समाज अपराध र भयमुक्त हुने उहाँको भनाइ थियो । बढ्दो बालयौन दुव्र्यवहार, साइबर अपराध, लागुऔषध दुव्र्यसन, मानव बेचविखनलगायतका हिंसाबाट बच्ने उपायबारे थापाले ११ विद्यालयका विद्यार्थी तथा अभिभावकलाई प्रशिक्षण दिनुभएको थियो ।

विद्यालयमा गठित कार्यक्रमले प्रहरी र विद्यार्थीबीच सम्पर्क, सामुदायिक सचेतना र अपराध रोकथामका साथै सूचना सङ्कलन र आदानप्रदान गर्न मद्दत पुग्ने बुढानिलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले बताउनुभयो । प्रहरीको तथ्याङ्कअनुसार गत वर्ष देशभरी एक हजार ४८० बलात्कारका घटना भएका थिए । रासस