१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलैँचीले फर्कायो विद्यार्थी



अ+ अ-
लमजुङ । गाउँघरका मानिस सहर पसेसँगैँ खाली जस्तै भएको मस्र्याङ्दी गाउँपालिकाको एक विद्यालयमा विद्यार्थी आउँन थालेका छन् ।

मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका स्थानीयको सक्रियतामा गाउँमा अलैँचीखेती विस्तारसँगैँ गाउँमै रहेको सिर्जना प्राथमिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्न थालेको हो ।

कक्षा १ देखि तीनसम्मको उक्त विद्यालयमा विस्तारै विद्यार्थी सङ्ख्यामा वृद्धि भएको छ । गतवर्ष चार मात्र विद्यार्थी रहेको सिर्जना प्राविमा यो वर्ष १४ विद्यार्थी नियमित विद्यालयमा आउने गरेको विद्यालयमा प्रधानाध्यापक नौजग गुरुङले बताउनुभयो । ‘गाउँका प्रत्येक घरमा पानीको धारा जडान गरिएको छ । मोटरबाटो घर छेउमै छ । अलैँचीबाट राम्रो आम्दानी भएको छ । उहाँले भन्नुभयो, “शहरकै सुविधा गाउँमा भएपछि शहरबाट गाउँमा फर्केर बालबच्चा पढाउन थालेका छन् ।”

अलैँचीबाट मनग्य आम्दानी हुन थालेपछि स्थानीयवासीले आफ्ना बालबच्चालाई शहर पढाउन थालेका थिए । गाउँ छेवैको विद्यालय अन्यत्र जाँदा पछिलो समय गाउँमा समस्या हुने भन्दैँ शहरमा झरेकाले आफ्ना बच्चालाई गाउँमै पढाउन थालेका हुन् ।

प्रधानाध्यापक गुरुङका अनुसार विद्यालयले स्थानीयसँग पटक÷पटक अनुरोध गरेपछि बजारमा बस्ने गरेका अभिभावकले पुनःगाउँकै विद्यालयमा बालबच्चा पढाउँन थालेका हुन् । स्थानीय शान्तीमाया तामाङले गाउँको स्कुल शून्य भएपछि स्कुल जोगाउनुपर्छ, भन्ने सोचले छोरीलाई गाउँमै फर्काएको बताउनुभयो । ‘जिल्ला सदरमुकाममा बोर्डिङ स्कुलमा पढने गरेको छोरीलाई गाउँकै विद्यालयमा पढाउँन थालेको छु ।

उहाँले भन्नुभयो,“अर्को वर्ष बजार पसेका गाउँका सबै बच्चालाई गाउँ फर्काउछौँ ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रिमाया तामाङले गाउँलेलाई जुटाएर विद्यालय गाभिनबाट जोगाउँन शहरमा रहेका बालबच्चालाई गाउँकै विद्यालयमा फर्काउन अनुरोध गरेको बताउनुभयो ।

गत वर्ष विद्यालयमा कक्षा १ मा तीन, दुईमा एक र ३ कक्षामा विद्यार्थी नै थिएनन् । अहिले बाल विकासमा १०, कक्षा एकमा ४, दुईमा १ र तीनमा १ विद्यार्थी छन् । कार्यालय सहयोगी र सरकारी दरबन्दीका दुई शिक्षक गरी तीन कर्मचारी छन् ।कूल ५२ घरधुरीको छिनखोला गाउँका करीब ३५ घरधुरीका मानिस मात्रै गाउँमै बसोवास गर्ने गरेका छन् । बाँकी शहर जाने र समय–समयमा फर्कने गर्छन् । गाउँका सबै बालबालिकालाई गाउँमै ल्याएर पढाउने वातावरण बनाउने लक्ष्य रहेको विद्यालयका प्रअ गुरुङले बताउनुभयो ।
रासस